काठमाडौं। के एल दुगड ग्रुप अन्तर्गतको कम्पनी विकास फ्लोर मिलले उत्कृष्ट खाद्य गुणस्तरीय खाद्य उद्योग अवार्ड पाएको छ। दशौं राष्ट्रिय खाद्य स्वच्छता दिवसका अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले कम्पनीलाई सम्मान गरेको हो।
सम्मानपछि के एल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडले आफ्ना उत्पादनको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए।
कम्पनीले ज्ञान ब्राण्डका चक्की आँटा, मैदा, लिटो, उत्पादन गर्दै आएको छ।
मिलले स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ उत्पादन गर्ने ठूला तथा मझौला उद्योगहरुमध्ये उत्कृष्ट कम्पनीका रुपमा सम्मान गरेको हो।