BIZMANDU
www.bizmandu.com

सूर्य नेपाल रुग्ण उद्योग खरिद गरेर अगरबत्ती बजारमा छिर्ने, प्राथमिकता महिलालाई रोजगारी

२०७० बैशाख ४

सूर्य नेपाल रुग्ण उद्योग खरिद गरेर अगरबत्ती बजारमा छिर्ने, प्राथमिकता महिलालाई रोजगारी
सूर्य नेपाल रुग्ण उद्योग खरिद गरेर अगरबत्ती बजारमा छिर्ने, प्राथमिकता महिलालाई रोजगारी

काठमाडौं । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल अगरवत्ती व्यवसायमा आउने भएको छ । उत्पादनमूलक क्षेत्रबाट राज्यलाई सबैभन्दा बढी राजस्व दिने यो कम्पनीले महिलाले बढी रोजगारी पाउने अगरवत्ती व्यवसायमा आउन लागेको हो । ‘अगरवत्ती व्यवसायको बजारका बारेमा अध्ययन गरिसकेका छौ । अध्ययनमा नेपालमा अगरवत्ती व्यवसायको सम्भावना राम्रो देखिएकोले हामी यो व्यवसायमा जाने निर्णयमा पुगेका छौ,’ कम्पनीका कर्पोरेट भाइस प्रेसिडेन्ट रवि केसीले भने, केही दिनमै बोर्डबाट निर्णय हुनेछ । कम्पनीले नयाँ उद्योग स्थापना नगरी भएका उद्योग किनेर चलाउने रणनीति लिएको छ ।

सूर्य नेपालको प्यारेन्ट कम्पनी आइटिसिले भारतमा मंगलदीप ब्राण्डमा अगरबत्तीको बजारीकरणा गरिरहेको छ

Tata
GBIME
Nepal Life

यसअघि कम्पनीले रुग्ण सलाई उद्योग किनेर चलाएको थियो । व्यवसायिक रुपमा अघि बढ्न नसकेको सलाई उद्योग किनेर कम्पनीले ‘ब्रान्डिङ’ गरेको थियो । सूर्य नेपालको मार्केटिङ र ब्रान्डिङ सफल मानिन्छ । रुग्ण सलाई उद्योग किनेर अहिले नाफामा सञ्चालन गरिरहेको छ । कम्पनीको तीर सलाई नामको ब्रान्डमा बिक्री वितरण हुँदै आएको छ । केसीले अगरवत्ती उद्योग पनि यही मोडेल अनुसार सञ्चालन गर्ने जानकारी दिए ।
हामी स–साना उद्योगलाई सूर्य नेपालको ब्रान्डिङमा बिक्री गर्नेछौं, उनले भने, यसका लागि ठूलो रकम आवश्यक पर्दैन् । नेपालमा अगरवत्तीको बजार ठूलो छ,  हिन्दुहरुको वर्चस्व भएकोले अगरवत्तीको बजार आर्कषक मानिन्छ । योवाहेक बुद्ध धर्म मान्नेहरुका लागि पनि अगरवत्ती आवश्यक पर्छ । यो वाहेक नेपालको अगरवत्तीलाई ब्रान्डिङ गरेर निकासी गर्न पनि सकिन्छ ।
भारत र चीन अगरवत्ती निकासीको लागि राम्रो बजार हो । नेपालको जडीवुटी प्रयोग गरिएको अगरवत्ती विश्वबजारमा निकासीको व्यापक सम्भावना छ । हिमालयको काष्ठ र जडीबुटी प्रयोग भएको अगरवत्तीको विश्वबजारमा महँगो मूल्यमा बिक्री गर्न सकिन्छ, एक व्यवसायीले भने, अहिले स–साना उद्योग छन् । सूर्य नेपालजस्तो ठूलो कम्पनी आउँदा नेपालले राम्रो आम्दानी गर्न सक्छ । नेपालमा अहिले पनि महँगो मूल्यका अगरवत्ति भारतबाट आइरहेको छ । यो वाहेक भारतबाट ५० प्रतिशतभन्दा बढी अगरवत्ती नेपाल आइरहेको छ ।
हामीले अगरवत्तिको बजार देखेका छौ । यो वाहेक पनि कम्पनीले पछिल्लो समयमा सामाजिक उत्तरदायित्वलाई वहन गर्दै महिलालाई रोजगारी दिने उद्योगमा सूर्य नेपालले हात हालिरहेको छ, केसी भन्छन्, हाम्रो कम्पनीले नाफालाई मात्रै हेर्दैन्, हामी सामाजिक दायित्व पनि हेर्छौ । उनका अनुसार अगरवत्ती उद्योगमा पनि महिलालाई रोजगारी दिएर आर्थिक अवस्था उकास्ने लक्ष्य राखिएको छ ।
सूर्य नेपालको प्यारेन्ट कम्पनी आइटिसिले सन् २००३ देखि अगरबत्ती उद्योगमा प्रवेश गरेको हो । कम्पनीले अहिले मंगलदीप ब्राण्ड विभिन्न सुगन्धका अगरबत्ती उत्पादन गरिरहेको छ । अगरबत्ती उद्योगबाट कम्पनीले भारतमा ३० हजार महिलालाई रोजगारी दिएको छ । सूर्य नेपालको उदेश्य पनि बढीभन्दा बढी महिलालाई रोजगारी दिएर आर्थिक रुपमा सबल बनाउने छ । हामीले केही वर्षअघि तयारी पोसाक उद्योग लगाउँदा यही उदेश्य बोकेका थियौ, केसीले भने ।
सूर्य नेपालले महिलालाई रोजगारी दिने भनेर तयारी पोसाक उद्योग खोलेको थियो । विश्वबजारमा कुनै सम्भावना नभएको बेलामा करोडौ रकम खर्चिएर विराटनगरमा तयारी पोसाक उद्योग स्थापना गरेको थियो । यो उद्योग मजदुर विवादका कारण बन्द भएको थियो । उद्योग स्थापना गर्नुअघि कम्पनीले त्यहींका महिलालाई तालिम दिएको थियो, स्थानीय महिलाई तालिमपछि रोजगारी दिएर आर्कषक तलब सुविधा दिएको थियो ।