BIZMANDU
www.bizmandu.com

शेष घलेको नेपालमा सात अर्व लगानी आयो, साथै नेपालमा शेराटन पनि ल्याए, २०१८ बाट सञ्चालन हुने

२०६९ चैत्र २७

शेष घलेको नेपालमा सात अर्व लगानी आयो, साथै नेपालमा शेराटन पनि ल्याए, २०१८ बाट सञ्चालन हुने
शेष घलेको नेपालमा सात अर्व लगानी आयो, साथै नेपालमा शेराटन पनि ल्याए, २०१८ बाट सञ्चालन हुने

काठमाडौं । गैरआवासिय नेपाली लगानीकर्ता शेष घलेले शेराटन ब्राण्डमा विश्वव्यापी चेन बनाएको स्टारवुड कम्पनीसँग साझेदारी गर्ने भएका छन् । उनको यो साझेदारी काठमाडौंमा पाँच तारे होटल सञ्चालनका लागि हो । घलेले सन् २०१७ भित्र काठमाडौं कान्तिपथमा पाँच तारे होटल काठमाण्डू  बनाउनेछन्, यो होटलको व्यवस्थापन सन् २०१८ को फ्रेबु्रअरी १ बाट स्टारवुडले लिनेछ र यसलाई शेराटन काठमाण्डू ब्राण्डमा चलाइने भएको छ ।

होटलको व्यवस्थापन लिने विषयमा शेराटन र घलेको कम्पनी एमआईटि गु्रप होल्डिङ्ग नेपाल प्राइभेट लिमिटेडवीच एक साता अघि अप्रिल ३ मा समझदारी भएको स्टारवुडले सोमवार न्युयोर्क स्टक एक्सचेञ्जलाई बुझाएको जानकारीपत्रमा उल्लेख छ ।

Tata
GBIME
Nepal Life

शेराटन होटलको झण्डा हाम्रो होटलमा फहराउन पाउँदा हामी हर्षित छौं, एमआईटी ग्रुप होल्डिङ्ग नेपालका प्रमुख कार्यकारी अधिकृत शेष घलेले भने, अन्तराष्ट्रिय ब्राण्डेड होटलको उच्च माग काठमाडौंमा छ, शेराटनले त्यो आवश्यकता पुरा गरेको छ, उनले समझदारी पत्रमा हस्ताक्षर गरेपछि भने ।

शेराटन होटलको झण्डा हाम्रो होटलमा फहराउन पाउँदा हामी हर्षित छौं, एमआईटी ग्रुप होल्डिङ्ग नेपालका प्रमुख कार्यकारी अधिकृत शेष घलेले भने, अन्तराष्ट्रिय ब्राण्डेड होटलको उच्च माग काठमाडौंमा छ, शेराटनले त्यो आवश्यकता पुरा गरेको छ, उनले समझदारी पत्रमा हस्ताक्षर गरेपछि भने ।
हामीले स्टारवुड ब्राण्डलाई दक्षिण एशियामा विस्तारको सम्भावना हेरिरहेका छौं, शेराटन काठमाडौं होटल सञ्चालनको हस्ताक्षर गर्दा हामी खुशी छौं, स्टारवुडका एक्वीजिशन तथा विकास उपाध्यक्ष निखिल मन्चारमले भने । शेराटन ब्राण्डलाई लिएर चलायमान काठमाडौंमा प्रवेश गर्दा हामी निक्कै उत्साहित पनि छौं, उनले भने । नेपालका लागि भारतीय पर्यटक सबैभन्दा ठूलो स्रोत हुन्, तथ्य यो छ कि भारतमा स्टारवुडको दह्रो पकड छ, यसले नेपालको पर्यटनलाई उत्कर्षमा पुर्याउन फाइदा पुग्नेछ ।

शेराटन काठमाडौं होटल सञ्चालनको हस्ताक्षर गर्दा हामी खुशी छौं, स्टारवुडका एक्वीजिशन तथा विकास उपाध्यक्ष निखिल मन्चारमले भने, शेराटन ब्राण्डलाई लिएर चलायमान काठमाडौंमा प्रवेश गर्दा हामी निक्कै उत्साहित पनि छौं

शेराटन राजधानीको मुख्य केन्द्रमा छ, कान्तिपथको यो होटल पुग्न विमानस्थलबाट ४० मिनेट लाग्छ, पर्यटकको लोकप्रिय हव ठमेलसँग जोडिएको, दूतावास, बैंक, कर्पोरेट कार्यालय र नारायणहिटी म्युजिअमले जोडिएको स्थानमा होटल खोल्दा हामीलाई फाइदा पुग्नेछ ।
घलेले यो होटल निर्माणका लागि सातदेखि साढे सात अर्ब नेपाली रुपैयाँ खर्च गर्ने भएका छन् । झण्डै १२ रोपनी जग्गामा घलेले २२५ वटा लक्जरी कोठा बनाउनेछन् । शेराटन काठमाडौंका पुरै २२५ कोठामा अल ह्वाइट शेराटन स्वीट स्लिपर बेड हुनेछन्, उच्च गतिको इन्टरनेट, लक्जरियस बाथ एण्ड बोडि प्रोडक्ट हुनेछ । शेराटनको लविमा माइक्रोसफ्टको लिंक एट शेराटन वाइफाइ हुनेछ । होटलमा चार वटा रेष्टुरेण्ट, स्पा, स्विमिङ्ग पुल, फिटनेश सेन्टर लगायतका सेवा हुनेछन् ।
घलेले काठमाडौंमा होटल खोल्ने घोषणा अघिल्लो वर्षको गैरआवासिय नेपाली सम्मेलनमा गरेका हुन् । घलेले त्यसका लागि कान्तिपथमा समाजकल्याण परिषद् र केशरमहल नजिकै जग्गा लिइसकेका छन् । घलेले सञ्चालन गर्न लागेको होटलको जग्गा, कम्पनी दर्तामा विवाद भएपछि निवर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टलाईले होटल सञ्चालन सहज बनाउन सरोकारवालालाई निर्देशन समेत दिएका थिए । घलेले पाँच वर्ष अघि यो जग्गा लोकभक्त राणासँग खरिद गरेक हुन् ।
अष्ट्रेलियाको स्थानीय पत्रिकाको र्यांकिङ्गमा घले त्यहाँका १६६ औं धनी व्याक्ति हुन्, उनले अष्ट्रेलियाको उच्च शिक्षा र रियलस्टेट व्यापारमा ठूलो लगानी गरेका छन् । एमआईटि समूहका अनुसार १६ वर्षदेखि अष्ट्रेलियामा आफ्नो व्यापार विस्तार गरेका घलेको रियलस्टेटमा मात्रै साढे १७ करोड डलर अर्थात झण्डै १६ अर्ब रुपैयाँ बराबर छ । गतवर्षको विवरणअनुसार उनीसँग २३ करोड ७० लाख डलर २१ अर्व ५६ करोड नेपाली रूपैयाँ बराबरको सम्पत्ती छ । उनले अष्ट्रेलियाको मुख्य केन्द्र मेलवर्नमा झण्डै एक दर्जन ठूला भवन सञ्चालन गरिरहेका छन् । होटलमा गर्न लागेको यो लगानीपछि नेपालमा घले दोस्रो ठूलो गैरआवासिय लगानीकर्ताका रुपमा स्थापित हुनेछन् । यसपहिले उपेन्द्र महत्तो र उनको टीमले नेपालको दूरसञ्चार, बैंक, जलविद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ ।
स्टारउडले यसअघि पाँच तारे एभरेष्टसँगको व्यवस्थापन साझेदारीमा एभरेष्ट शेराटन होटल सञ्चालन गरेको थियो तर दुई कम्पनीको साझेदारी टुटेपछि शेराटन फेरी दोस्रोपटक घलेसँगको साझेदारीमा नेपाल आएको हो । अहिले पनि सोल्टीको व्यवस्थापन क्राउन प्लाजा, हयात रिजेन्सी, र्याडिशनमा विदेशी व्यवस्थापनले चलाइरहेका छन् ।
स्टारउडले नेपालसँगै बंगलादेशको ढाका र श्रीलंकाको कोलोम्बोमा पनि व्यवस्थापन साझेदारीको तयारी गरिरहेको छ । सन् १९७३ मा दक्षिण एशियामा प्रवेश गरेको शेराटनले ढाकामा ले मेरिडियनमार्फत बंगलादेशमा फेरी प्रवेश गरेको हो । ढाकाको यो होटल भने सन् २०१६ मा सञ्चालनमा आउने छ । कम्पनीले श्रीलंकामा पनि कोलोम्बो इन्टरनेशनल एयरपोर्टमा फोर प्वाइन्सट शेराटन र राजधानी कोलोम्बोमा शेराटन कोलोम्बो होटल चलाउनेछ ।
स्टारवुडले शेराटन ब्राण्डमा विश्वमा ३४ वटा होटल तथा रिसोर्टको व्यवस्थापन चलाइरहेको छ भने यही ब्राण्डमा थप २४ वटा होटल तथा रिसोर्ट निर्माण, सञ्चालन र व्यवस्थापन जिम्मा लिने तयारी गरिरहेको छ । अमेरिकी कम्पनी स्टारउडले सन् २०१५ सम्म आफ्नो व्यवस्थापनमा सयवटा शेराटन होटल सञ्चालनको तयारी गरिरहेको छ ।


सरकारले चालु आर्थिक वर्षका लागि तेस्रो पटकमा बल्ल पूर्ण बजेट ल्यायो, चार खर्ब रुपैयाँको बजेट :: BIZMANDU
BIZMANDU
www.bizmandu.com

सरकारले चालु आर्थिक वर्षका लागि तेस्रो पटकमा बल्ल पूर्ण बजेट ल्यायो, चार खर्ब रुपैयाँको बजेट

२०६९ चैत्र २७

सरकारले चालु आर्थिक वर्षका लागि तेस्रो पटकमा बल्ल पूर्ण बजेट ल्यायो, चार खर्ब रुपैयाँको बजेट
सरकारले चालु आर्थिक वर्षका लागि तेस्रो पटकमा बल्ल पूर्ण बजेट ल्यायो, चार खर्ब रुपैयाँको बजेट

काठमाडौं । सरकारले चुनावका लागि १४ अर्ब रुपैयाँ व्यवस्था गर्दै चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा पूर्ण बजेट ल्याएको छ । अर्थमन्त्री शंकर कोइरालाले बजेट भाषण गर्दै यस अघि ल्याइएका दुई अध्यादेशसँग समाहित गरेर बजेट ल्याएको जानकारी दिए । सरकारले निर्वाचनका लागि छ अर्ब रुपैयाँको बजेट दिएको छ भने निर्वाचन सुरक्षाका लागि सुरक्षा निकायले मागे बमोजिम आठ अर्ब रुपैयाँको बजेट दिएको छ । अर्थमन्त्री कोइरालाले आर्थिक वर्ष २०६९÷७० का लागि चार खर्ब चार अर्ब ८२ करोड ४७ लाख रुपैयाँको समायोजित बजेट राष्ट्रिय योजना आयोगको सभाकक्षबाट पेश गरेका हुन् । बजेटमध्ये चालु खर्चका लागि दुई खर्ब ७९ अर्ब एक करोड १२ लाख रुपैयाँ छुट्टयाइएको छ । त्यसैगरी पुँजीगत खर्चका लागि ६६ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थाका लागि ५९ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटका लागि राजस्वका स्रोतबाट दुई खर्ब ८९ अर्ब रुपैयाँ जुटाइने भएको छ भने बाँकी रकम साँवा फिर्ता, वैदेशिक ऋण र अनुदान तथा आन्तरिक ऋणबाट जुटाइने कोइरालाले जानकारी दिए । उनले राजस्वको संकलनको विधि, प्रक्रिया र दर भने यथास्थितिमै राखेका छन् । मंगलवार मात्रै मन्त्रिपरिषद्ले बजेटसम्वन्धीत तीन अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो, राष्ट्रपति डा. रामवरण यादवले मंगलवारै तीन वटा अध्यादेश स्वीकृत गरेका थिए ।  अर्थमन्त्री कोइरालाले सरकारको केन्द्रविन्दुमा चुनाव रहेको भन्दै सरकार छिटोभन्दा छिटो चुनाव गरी सत्ता हस्तान्त्रण गर्न  इमान्दार रहेको बताए । उनले मुलुकको आर्थिक गतिशिलताका लागि चुनाव आवश्यक भएको र आसन्न चुनावका लागि प्रयाप्त बजेटको व्यवस्था गरेको जानकारी दिएका थिए । उनले यो बजेटबाट जनताको अपेक्षा भने पुरा नहुने बताएका छन् ।
सरकारले यस अघि असार ३१ र मंसिर ५ गते दुई वटा अध्यादेश जारी गरेर बजेट चलाइरहेको थियो, मंगलवार कोइरालाले ती दुवै अध्यादेशलाई समायोजन गरि पूर्ण आकारको समायोजित बजेट ल्याएका हुन् । बजेटले निर्माणाधिन आयोजनालाई स्रोतको अभाव हुन नदिन र विकास निर्माणलाई निरन्तरता दिने छ ।
बजेट भाषण गर्दै अर्थमन्त्री कोइरालाले आर्थिक विकासका लागि निजी, सहकारी र सरकारीको भूमिका प्रभावकारी बनाउन सरकार प्रयत्नशिल रहेको बताए । उनले आर्थिक आर्थिक परिसूचक सन्तोषजनक नभएको भन्दै चिन्ता पनि व्यक्त गरे । यो वर्ष आर्थिक वृद्धि गतवर्षभन्दा कम हुने प्रक्षेपण सरकारले गरेको छ । यो वर्ष कृषितर्फको आर्थिक वृद्धिदर १.३ प्रतिशत मात्र र गैरकृषि ४.८ प्रतिशत हुनेछ । सरकारले चालु आर्थिक वर्षका लागि आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
सरकारले उर्जा र कृषि विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । उर्जा संकटले औद्योगिक उत्पादन घटेको, वैदेशिक लगानी घटेको जानकारी दिंदै अर्थमन्त्री कोइरालाले उर्जा र सडकका लागि लगानी बढाएको बताए । उनले प्रशारण लाइन निर्माणमा सरकारले प्राथमिकतामा राखेको बताउँदै र जलविद्युत परियोजना निर्माणमा निजी क्षेत्रलाई प्रवद्र्धन गरिने बताए । उनले आयात निर्यातवीच अन्तर कम गर्न निकासीलाई प्राथमिकता दिने गरी बजेटको व्यवस्था गरेको जानकारी दिए ।
अर्थमन्त्री कोइरालाले पर्यटकीय पूर्वाधारमा सरकारले लगानी गर्ने, व्यवसायीक विकासका लागि निजी क्षेत्रलाई बढावा दिने पनि बताए । उनले नेपाल आएको विप्रेषणलाई पुँजी निर्माणमा प्रयोग गरिने र त्यसलाई स्वदेशमै रोजगारी सिर्जना गरिने व्यवस्था पनि गरिने बताए ।
उनले राजस्व प्रशासनलाई करदाता मैत्री बनाइने तथा ती संस्थालाई अनुशासित बनाइने घोषणा समेत बजेटबाट गरे । अर्थमन्त्री कोइरालाले चुहावटमा संलग्नलाई हदैसम्म कारवाही गरिने चेतावनी पनि दिए । मितव्ययिता लागू गर्ने, आर्थिक अनुशासन पालना नगर्नेलाई शुन्य सहनशिलता अपनाइने समेत उनले बताए ।  बजेटमा नयाँ नीती र कार्यक्रम नभएको बताउँदै अर्थमन्त्री कोइरालाले संविधान सभाको चुनाव, निर्माणधिन परियोजनालाई बजेट सुनिश्चितता गरिएको बताए ।
मुुलुक सिमेन्टमा आत्मनिर्भर हुने क्रममा रहेकोले ती उद्योगलाई प्रशारण लाइन र पहुँच मार्गको सुनिश्चिता गर्ने सरकारी नीतिलाई निरन्तता दिंदै थप बजेटको व्यवस्था गरिएको पनि अर्थमन्त्री कोइरालाले बताए । उनले भैरहवाको सेज यही वर्ष सञ्चालनमा ल्याउने बताए । सरकारले पश्मिना उद्योगको ट्रेडमार्क थप पाँच देशमा दर्ता गर्न बजेटको व्यवस्था गरेको छ भने निर्यात प्रवद्र्धनका लागि खडा गरिएको कोषबाट भुक्तानी गर्नका लागि बाँकी आर्थिक वर्षका लागि थप ३० करोड बजेटको व्यवस्था गरेको छ ।
सरकारले राजस्व तथा औद्योगिक सुरक्षा वललाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ भने त्यसका लागि थप बजेट समेत व्यवस्था गरेको छ । सरकारले विराटनगर र हेटौडाको मल्टिफ्युल प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्न बजेटको व्यवस्था गरेको छ भने लोडसेडिङ्ग घटाउन भारतबाट आयात गरिने विद्युतको खरिद मूल्य र विक्री मूल्यवीचको अन्तर हुने रकम अनुदान दिने भएको छ । सरकारले सुपर सिक्स परियोजनाका लागि प्रशारणलाइन बनाउन प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ भने माथिल्लो तामाकोशीका लागि सरकारले दिन प्रतिवद्धता गरेको रकमका लागि पनि बजेटको व्यवस्था गरेको छ । बजेटबाट सरकारले बुढिगण्डकी र नलसिंहगाढका लागि पनि बजेट विनियोजन पनि गरेको छ । त्यसैगरी काठमाडौ उपत्यकाका सडकका लागि पनि थप बजेटको व्यवस्था गरेको र चक्रपथ विस्तारका लागि पनि बजेट विनियोजन गरेको अर्थमन्त्री कोइरालाले बजेटबाट जानकारी दिए ।
यस्तो छ अर्थमन्त्री शंकर कोइरालाको बजेट भाषण
http://www.mof.gov.np/ajw/uploads/uploaded_image/bUDGETSPEECHnep.pdf
राजस्वका स्रोत के हुन्, खर्च कहाँ कति
http://www.mof.gov.np/ajw/uploads/uploaded_image/budgetspeechannex_nep.pdf

Tata
GBIME
Nepal Life