BIZMANDU
www.bizmandu.com

एनआईडिसी बैंकले नबिलको छ प्रतिशत सेयर अफलोड गर्ने, कम्तिमा पनि डेढ अर्ब प्राप्त हुने

२०६९ चैत्र ५

एनआईडिसी बैंकले नबिलको छ प्रतिशत सेयर अफलोड गर्ने, कम्तिमा पनि डेढ अर्ब प्राप्त हुने
एनआईडिसी बैंकले नबिलको छ प्रतिशत सेयर अफलोड गर्ने, कम्तिमा पनि डेढ अर्ब प्राप्त हुने

काठमाडौं । एनआईडिसी डेभलपमेन्ट बैंकले नबिल बैंकमा भएको आफ्नो सेयर अफलोड गर्ने भएको छ । एनआईडिसीले नबिलमा भएको ६.१५ प्रतिशत १४ लाख ९८ हजार ९१४ कित्ता सेयर विक्री गर्न लागेको हो । नबिलमा एनआईडिसी डेभलपमेन्ट बैंक एनबी इन्भेष्टमेन्ट, बीमा संस्थानपछिको तेस्रो ठूलो लगानीकर्ता हो । बैंकले संस्थापक सेयर समूह ‘ख’को सेयर लिलाम बढाबढबाट विक्री गर्न लागेको हो । बैंकले सेयर विक्रीका लागि २१ दिने सूचना जारी गरेको छ ।
एनआईडिसी डेभलपमेन्ट बैंकले प्रतिकित्ता १०२२ भन्दा नघट्ने गरी सेयर विक्रीका लागि टेण्डर आव्हान गरेको हो । नेपाल स्टक एक्सचेञ्जमा नबिल बैंकको प्रवद्र्धक सेयरको पछिल्लो कारोवार प्रतिकित्ता ११९० रुपयाँमा भएको छ । एनआईडिसीले कम्तिमा पनि सय कित्ता र त्यसभन्दा बढी दशले गुणन जाने गरी सेयर खरिद गर्नुपर्ने गरी लिलाम विक्रीको सूचना जारी गरिएको हो । पछिल्लो बजार मूल्य अनुसार बैंकको सेयर विक्री भएमा एनआईडिसीले कम्तिमा पनि एक अर्ब ७८ करोड रुपैयाँ प्राप्त गर्नेछ । बैंकले तोकेको न्युनत्तम मूल्यमा विक्री गरे पनि एनआईडिसीले एक अर्ब ५३ करोड रुपैयाँ प्राप्त गर्नेछ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सेयर क्रस होल्ड गर्न नपाउने व्यवस्था गरेपछि एनआईडिसी सेयर विक्रीका लागि बाध्य भएको हो । एनआईडिसीले केही समय पहिले एनसिएम म्यचुअल फण्डको संस्थापक सेयर समेत विक्री गर्न सूचना जारी गरेको थियो ।

Tata
GBIME
Nepal Life


नेपालका दुई छिमेकी, सबैभन्दा धेरै हतियार आयात गर्ने भारत, चीन विश्वको पाँचौ ठूलो निर्यातक :: BIZMANDU
BIZMANDU
www.bizmandu.com

नेपालका दुई छिमेकी, सबैभन्दा धेरै हतियार आयात गर्ने भारत, चीन विश्वको पाँचौ ठूलो निर्यातक

२०६९ चैत्र ५

नयाँदिल्ली । भारत हतियार आयात गर्ने मुलुकको सूचीमा अग्रस्थानमा कायम हुन सफल भएको छ । चीनलाई पछि पार्र्दै भारत अग्रस्थानमा कायम रहन सफल भएको हो । दोश्रो ठूलो आयातकर्ता चीन भने वेलायतलाई पछि पार्दै पाँचौं ठूलो निर्यातक समेत बनेको छ । हतियार आयातकर्ताको सूचीमा तेश्रो स्थानमा पाकिस्तान छ ।
स्वीडीस संस्था स्टकहोम इन्टरनेसनल पीस रिसर्चका अनुसार विश्वको कुल आयातमा भारतको हिस्सा १२ प्रतिशत छ भने चीनको हिस्सा ६ प्रतिशत छ । यसैगरी पाकिस्तान  र दक्षिण कोरियाको हिस्सा ५÷५ प्रतिशत र सिंगापुरको हिस्सा ४ प्रतिशत छ । २००८ देखि २०१२ सम्मको तथ्यांकमा आधारीत यो सूची अनुसार यो अवधिमा भारतको आयात २००३ देखि २००७ सम्मको तुलनामा ५९ प्रतिशतले बढेको छ । भारतले चीनभन्दा १०९ प्रतिशतले बढि आयता गरेको अनुसन्धाताको भनाई छ ।
पछिल्ला केहि वर्ष यता भारतको रक्षा खर्चमा उल्लेख्य वृद्धि हुन थालेकाले हतियार खरिद खर्च बढेको हो । सन् २०१२–१३ को वित्त वर्षमा भारतले २.०३ लाख करोड बरावरको सुरुक्षा बजेट छुट्टयाएको थियो । यो बजेट अघिल्लो वित्त वर्षको तुलनामा ५.३१ प्रतिशतले बढी हो । भारतले रक्षाका लागि छुट्टयाएको कूल बजेटमध्य ४२ प्रतिशत रकम हतियार खरिदमा खर्च गरेको थियो । भारतले कूल हतियारमध्ये ७० प्रतिशत निर्यात गर्ने गरेको छ ।
पाँचौ ठूलो निर्यातक बन्न सफल चीनको निर्यात पाकिस्ता केन्द्रीत छ । चीनबाट आयात गर्ने ठूला मुलुकमा पाकिस्तान ५५ प्रतिशत, म्यान्मार ८ प्रतिशत र बंगलादेश ७ प्रतिशत छ ।
निर्यातकर्ता मुलुकहरुको सूचीमा अग्रस्थानमा रहेको अमेरिकाको भागमा कूल निर्यातको ३० प्रतिशत, दोस्रो स्थानको रुसको भागमा २६ प्रतिशत, तेश्रो स्थानको जर्मनीको भागमा ७ प्रसितत चौथो स्थानको फ्रान्सको भागमा ६ प्रतिशत र पाँचौ स्थानको चीनको भागमा ५ प्रतिशत रहेको छ । 

Tata
GBIME
Nepal Life