BIZMANDU
www.bizmandu.com

नबिल बैंकहरुको पनि डन बन्यो, चार्टडको सेयर मूल्यभन्दा नबिलको १६ रुपैयाँले माथि

२०६९ फागुन २४

काठमाडौं । बिहिवारदेखि नविल बैंक मुनाफामा मात्रै होइन सेयर मूल्यमा पनि बैंकहरुको ‘डन’ बनेको छ, नबिल बैंकले सेयर मूल्यमा स्ट्याण्डर्ड चार्टड बैंकलाई बिहिवारदेखि पछि पारेको छ । बिहिवार नबिल बैंकको प्रतिकित्ता १९२५ रुपैयाँमा कारोवार भयो भने स्ट्याण्डर्ड चार्टड बैंकको प्रतिकित्ता १९०९ रुपैयाँमा कारोवार भयो । स्ट्याण्डर्ड चार्टडलाई पछि पारेर नबिल बैंकले इतिहास रचेको हो ।
बिहिवार बैंकको प्रतिकित्ता ३५ रुपैयाँले सेयर मूल्य बढ्यो भने स्ट्याण्डर्ड चार्टडको प्रतिकित्ता एक रुपैयाँ घटेर १९०९ मा कारोवार भयो । लामो समयदेखि नबिल बैंकले चार्टड बैंकलाई पछ्याइरहेको थियो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा  आश्चर्यजनक नजिता ल्याउँदै नाफा अर्ब रुपैयाँ नघाएपछि नबिल बैंक र चार्टड बैंकको सेयर अन्तर कम हुँदै गएको थियो ।
बिहिवार पनि सुरुवाती कारोवारमा नबिल बैंक चार्टडभन्दा माथि कारोवार भएको थियो, पछि नविल बैंकको सेयर मूल्य १८५० मा ओर्लिएको थियो भने चार्टडको सेयर मूल्य १९१५ मा पुगेको थियो । अन्तिम कारोवार हुँदा नविल बैंकको सेयर मूल्य ७५ रुपैयाँभन्दा बढी बढेर १९२५ मा कारोवार भयो, चार्टडको प्रतिकित्ता छ रुपैयाँ घटेर १९०९ मा कारोवार भयो ।

Tata
GBIME
Nepal Life


गुड फर पेमेन्ट काण्डले एचएण्डबीको निक्षेप ४० करोडले घट्यो, कर्जामा पनि असर :: BIZMANDU
BIZMANDU
www.bizmandu.com

गुड फर पेमेन्ट काण्डले एचएण्डबीको निक्षेप ४० करोडले घट्यो, कर्जामा पनि असर

२०६९ फागुन २४

गुड फर पेमेन्ट काण्डले एचएण्डबीको निक्षेप ४० करोडले घट्यो, कर्जामा पनि असर
गुड फर पेमेन्ट काण्डले एचएण्डबीको निक्षेप ४० करोडले घट्यो, कर्जामा पनि असर

काठमाडौं । गुड फर पेमेन्ट र क्यास सर्टेजपछि समस्यामा परेको एचएण्डबी बैंकको निक्षेप घट्न थालेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास पुस मसान्तको तुलनामा फागुन २१ सम्म ४० करोड रुपैयाँले निक्षेप घटेको छ । पुस मसान्तसम्म बैंकसँग छ अर्ब ७८ लाख रुपैयाँ थियो तर स्टक एक्सचेञ्जलाई फागुन २१ गते पठाएको वित्तीय विवरणमा निक्षेप पाँच अर्ब ६१ करोड ८० लाख रुपैयाँमा झरेको छ । दोस्रो त्रैमासको अन्तिमसम्म बैंकसँग नगद तथा बैंक व्यालेन्समा ८५ करोड रुपैयाँ थियो भने पछिल्लो वित्तीय प्रतिवेदनमा त्यो घटेर ६३ करोडमा झरेको छ ।
बैंकको रिजर्भसमेत घटेको छ, दोस्रो त्रैमासको अन्तिमसम्म रिजर्भमा १६ करोड ४३ लाख रुपैयाँ रहेकोमा त्यो अहिले घटेर ११ करोड ७४ लाख रुपैयाँमा झरेको छ । बैंकले आफ्नो वित्तीय अवस्थालाई सहज बनाउन लगानी समेत घटाएको छ, दोस्रो त्रैमाससम्म बैंकले छ अर्ब एक करोड रुपैयाँ भएकोमा अहिले त्यो घटेर पाँच अर्ब ७२ करोडमा झरेको छ ।
बैंकका कुलेश्वर शाखा प्रमुख निरज नेपालले गुड फर पेमेन्ट र क्यास सर्टेज गरी झण्डै एक अर्ब पाँच करोड रुपैयाँ घोटला गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । काण्ड सार्वजनिक भएपछि बैंकको वित्तीय अवस्था खस्किंदै गएको छ । यही कारण बैंकको निक्षेप समेत घट्न थालेको हो । वित्तीय अवस्था कमजोर हुँदै गए पनि बैंकले अहिलेसम्म गुड फर पेमेन्ट र क्यास सर्टेजको भुक्तानी भने गरेको छैन् । बैंकले सूचना जारी गरेर यस विषयमा अझ थप छानविन भैरहेको र अदालतमा मुद्धा परेको जानकारी दिंदै तत्काल भुक्तानी हुन नसक्ने बताएको छ । यही कारणमा अहिलेसम्म नेपालसहित बैंकका एक दर्जन अधिकारी पक्राउ परिसकेका छन् । एचएण्डबीले जारी गरेको गुड फर पेमेन्ट चेकलाई धितो राखेर ऋण प्रवाह गरेको आरोपमा वैभव फाइनान्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत केशवनरसिंह श्रेष्ठ समेत अहिले प्रहरी हिरासतमा छन् ।
एचएण्डबीका दोस्रो तहका प्रमुख सञ्चानज अधिकृत महेश भुषाल र वित्त प्रमुख निरज नेपाल पनि कारवाहीमा परेका छन् । बैंकमा अर्बौं रुपैयाँको काण्ड हुँदा पनि त्यसको जानकारी नराख्ने प्रमुख कार्यकारी अधिकृत जसुदा सैंजुलाई भने नेपाल राष्ट्र बैंकको प्रभावमा कारवाही गरिएको छैन् ।

Tata
GBIME
Nepal Life