BIZMANDU
www.bizmandu.com

कमर्ज बैंकको सेयर फागुन पहिलो साता, लगानीकर्तालाई ५ प्रतिशत लाभांस दिने सिइओको दावी

२०६९ माघ १९

काठमाडौं । कमर्ज एन्ड ट्रस्ट बैंकले फागुन पहिलो साता साधारण सेयर निस्कासन गर्ने भएको छ । बैंकले सेयर निस्कासनका लागि धितोपत्र वोर्डबाट स्वीकृति पाइसकेको छ ।
बैंकले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निस्कासन गर्न लागेको हो । बैंकले आउँदो साता सर्वसाधारणलाई सेयर विक्रीका लागि सार्वजनिक आह्वानपत्र प्रकाशित गर्दै छ ।
बैंकको सेयर निस्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष, नबिल क्यापिटल र सिभिल क्यापिटल छन् । यि  संस्थाले सयभन्दा वढी संकलन केन्द्रबाट देशभरीका सर्वसाधारणलाई सेयर विक्री गर्ने छन् ।
एक करोड ४० लाख पुँजी रहेको बैंकले साधारण सेयर निस्कासनपछि २ अर्ब पुँजी पुर्याउने छ । बैंकका १३ वटा  शाखा छन् ।
बैंकले सेयर विक्रीका लागि विभिन्न सहरहरुमा अन्तक्रिया कार्यक्रमहरुसमेत आयोजना गरिरहेको छ । सेयरलाई लक्षित गरि नयाँ सेयर खातासमेत ल्याएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले चालु वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांस ख्वाउने बताएका छन् ।
बैंकले गत आर्थिक वर्ष १ करोड ५१ लाख नाफा गरेको थियो । चालु वर्षको पहिलो त्रैमास (असोज मसान्त) सम्म बैंकले २ करोड ३ लाख नाफा गरेको थियो । बैंकले पुस मसान्तसम्म साढे ६ करोड सञ्चालन नाफा कमाएको छ ।
बैंकको निक्षेप ८ अर्ब ३९ करोड संकलन भएको छ भने कर्जा लगानी ७ अब ८६ करोड भएको छ ।
बैंकको सञ्चालक समितिमा व्यवसायीक, राजनीतिक क्षेत्रका व्यक्तिहरु छन् । बैंक सञ्चालक समिति अध्यक्ष शोभाकर न्यौपाने हुन् । अन्य सञ्चालकमा अनिल खरेल, क्याविनेट श्रेष्ठ, पवनकुमार भिमसरिया र सुनिल वल्लभ पन्त छन् ।
 

Tata
GBIME
Nepal Life


एनआइसी र बीओए मर्जपछि एनआइसी एशिया बन्ने, बीओएको सेयर ५०% मूल्यांकन, पुँजी २३१ करोड :: BIZMANDU
BIZMANDU
www.bizmandu.com

एनआइसी र बीओए मर्जपछि एनआइसी एशिया बन्ने, बीओएको सेयर ५०% मूल्यांकन, पुँजी २३१ करोड

२०६९ माघ १९

एनआइसी र बीओए मर्जपछि एनआइसी एशिया बन्ने, बीओएको सेयर ५०% मूल्यांकन, पुँजी २३१ करोड
एनआइसी र बीओए मर्जपछि एनआइसी एशिया बन्ने, बीओएको सेयर ५०% मूल्यांकन, पुँजी २३१ करोड


काठमाडौं । बैंक अफ एसिया नेपालको सेयरलाई ५० प्रतिशत मूल्यांकनमा एनआइसी बैंकसँग मर्ज गरिने भएको छ । दुवै कम्पनीको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) को अन्तिम प्रतिवेदन अनुसार, एनआइसी र बैंक अफ एसियाबीच १:२ को अनुपातमा गाभिने सहमति भएको हो ।
साधारणसभाबाट मर्जर गर्ने अख्तियारी पाएका दुवै बैंकको सञ्चालक समितिले एक महिनाभित्र विशेष साधारणसभाबाट डिडिए प्रतिवेदनलाई अनुमोदन गराउने भएका छन् । सभाको अनुमोदनपछि दुवै बैंक अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जाने मर्जर कमिटीका संयोजक राजेन्द्र अर्यालले जानकारी दिए । मर्जपछि दुई बैंकको चुक्ता पुँजी दुई अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ ।

सम्झौतापत्र आदनप्रदान गर्दै एनआइसी बैंकका अध्यक्ष जगदिशलाल अग्रवाल र बैंक अफ एशियाका अध्यक्ष अशोककुमार अग्रवाल

Tata
GBIME
Nepal Life

एनआइसी बैंकको चुक्ता पुँजी एक अर्ब ३१ करोड रुपैयाँ छ भने बैंक अफ एसियाको दुई अर्बको पुँजी छ । मर्ज गर्दा बैंक अफ एशियाको पुँजी एक अर्ब गणना गरिनेछ, बाँकी एक अर्ब रपैयाँ जगेडा कोषमा सारिने सहमति भएको छ । अहिले नै एनआइसी बैंकसँग एक अर्ब आठ करोड र बैंक अफ एसियासँग २४ करोड ७० लाख जगेडा कोषमा छ । मर्जरपछि थपिने एक अर्बसहित  जगेडा कोषमा दुई अर्ब ३२ करोड रुपैयाँ जम्मा हुनेछ । जगेडा कोषमा भएको रकम आगामी वर्ष लाभांसको रुपमा वाँड्न सकिन्छ ।
मर्जरपछि ९० प्रतिशत सञ्चालक एनआइसी बैंककै हुनेछ, प्रमुख कार्यकारी अधिकृतमा एनआइसी बैंकका शशिन जोशीले निरन्तरता पाउने छन् भने अध्यक्षमा पनि जगदिशप्रसाद अग्रवाल नै निरन्तरा पाउने सहमति भएको छ । एनआइसी र बैंक अफ एसियाबीच मर्जर राष्ट्र बैंकको दवावमा भएको हो । राष्ट्र बैंकले दुवै संस्थाका सञ्चालकहरुलाई वोलाएर एकआर्काको ‘नेक्सस’का बारेमा पावर प्वाइन्ट प्रिजेन्टेसनमार्फत जानकारी दिँदै मर्जर गर्न दवाव दिएको थियो । राष्ट्र बैंकको दवावपछि दुवै बैंकले मर्जरका लागि  होटल र्याडिसनमा सम्झौता गरेका थिए । दुवै बैंकमा विशाल समूह र संघाइ समूहको लगानी छ ।
मर्जपछि दुवै बैंकको निक्षेप ३६ अर्ब रुपैयाँभन्दा बढी हुनेछ, एनआईसी बैंकसँग २१ अर्बको निक्षेप छ भने बैंक अफ एशियासँग १५ अर्ब रुपैयाँको निक्षेप छ । त्यसैगरी दुईवटा बैंकको साढे २८ अर्बको कर्जा छ, एनआईसीले साढे १५ अर्ब र बैंक अफ एशियाले १३ अर्वको कर्जा परिचालन गरेका छन् । दुई बैंक गरी ६४ वटा शाखा सञ्जाल हुनेछ, अहिले बैंक अफ एशियाका २८ वटा र एनआईसीका ३६ वटा शाखा छन् । ६४ मध्ये दश स्थानमा दुवै बैंकको शाखा छ । मर्जपछि यी शाखा बन्द नगरी अर्को स्थानमा ‘रिलोकेट’ गर्ने तयारी छ । बैंकले कर्मचारीलाई अवकास नदिई व्यवस्थापन गर्ने तयारी गर्दैछ ।

मर्जपछि बैंकको नाम एनआइसी एसिया राख्ने सहमित भएको छ, साधरणसभाबाट बैंकको नाम यही तय गर्ने सहमति भएको छ । एनआइसीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ भने बैंक अफ एसिया नेपालले साढे सात प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ । दुवै बैंकले नाफामा राम्रो विस्तार गरेको र एक अर्ब रुपैयाँ जगेडा कोषमा सारेकाले आगामी वर्ष लाभांस ५० प्रतिशतभन्दा माथि पुग्ने छ ।
मर्ज हुनुअघि एनआईसी बैंकको प्रतिकित्ता सेयर ४६८ रुपैयाँमा कारोवार भएको थियो भने बैंक अफ एशियाको प्रतिकित्ता २२८ रुपैयाँमा कारोवार भएको थियो ।
मर्जर सम्झौतामा हस्ताक्षरपछि बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको वित्तीय क्षेत्रमा “क वर्ग” का दुई स्वस्थ वाणिज्य बैंकहरुको मर्जरका लागि आधारशिला खडा गर्ने एउटा ऐतिहासिक अवसर भएको बताइएको छ । मर्जरपश्चात पूँजीकोष, वासलातको आकार, शाखा तथा एटीएम सञ्जाल र कर्मचारी संख्याको दृष्टिकोणबाट यो बैंकले आफूलाई मुलुकमा रहेका ठूला बैंकहरुमध्ये एकको रुपमा स्थापित गर्ने जारी प्रेस विज्ञप्तिमा छ ।