BIZMANDU
www.bizmandu.com

बुढ्यौलीले सतायो चीनलाई, अर्थतन्त्र सुस्तायो, यो वर्ष १३ वर्षपछिकै सुस्त आर्थिक वृद्धिदर

२०६९ माघ ५

बुढ्यौलीले सतायो चीनलाई, अर्थतन्त्र सुस्तायो, यो वर्ष १३ वर्षपछिकै सुस्त आर्थिक वृद्धिदर
बुढ्यौलीले सतायो चीनलाई, अर्थतन्त्र सुस्तायो, यो वर्ष १३ वर्षपछिकै सुस्त आर्थिक वृद्धिदर


वेइजिङ । विश्वको दोश्रो ठूलो चिनियाँ अर्थतन्त्रको वृद्धि सुस्ताएको छ । सरकारी तथ्यांक अनुसार चीनको वृद्धि विगत १३ वर्ष यताकै सुस्तदरमा भएको छ । घरेलुसँगै अन्तराष्ट्रिय मागमा कमि आएका कारण वृद्धिदर सुस्ताएको हो । सन् २०१२ मा चीनको अर्थतन्त्र ७.८ प्रतिशतले विस्तार भएको थियो भने सन् २०११ मा ९.३ प्रतिशतले बढेको थियो । २०१२ को पहिलो, दोस्रो र तेस्रो त्रैमासमा सुस्ताएको वृद्धिदर अन्तिम त्रैमासमा सरकारी सुधारका कार्यक्रमपछि तिव्र भएको थियो । यसले चीनको औषत वृद्धिदर केहि माथि गएको हो । सुरुवातका तीन त्रैमासमा ७.४ प्रतिसतले विस्तार भएको अर्थतन्त्र अन्तिम त्रैमासमा ७.८ प्रतिशतले बढेको थियो ।

Tata
GBIME
Nepal Life

युरोप र अमेरीकी अर्थतन्त्र अझै पनि संकटमा रहेकोले २०१३ पनि चीनका लागि राम्रो नहुने विष्लेशकहरुले बताएका छन् । २०१३ चीनकालागि शक्ति संक्रमणको वर्षको रुपमा रहने भएकाले पनि आर्थिक बृद्धि दर सुस्ताउने उनीहरुको भनाई छ । पछिल्लो तीन दशकमा चीनको औषत आर्थिक वृद्धिदर १० प्रतिशत छ । लामो समयसम्म उच्च दरमा विस्तारीत चिनियाँ अर्थतन्त्र अब धेरै समयसम्म यहि दरमा बढन नसक्ने बताइन्छ । जनसंख्याको ठुलो हिस्सा पाको हुँदै जानुका सादै सिमान्त उत्पादन दर घटदै गएका कारण अबको दशकको बृद्धिदर ७ देखि ८ प्रतिशतमा खुम्चने अनुमान गर्न थालिएको छ ।