BIZMANDU
www.bizmandu.com

मागभन्दा आधा मात्रै तेल वितरण, नाफा हुँदा पनि आयात गर्न नसकेपछि कार्यकारी निर्देशक अफठ्यारोमा

२०६९ मंसिर ८

मागभन्दा आधा मात्रै तेल वितरण, नाफा हुँदा पनि आयात गर्न नसकेपछि कार्यकारी निर्देशक अफठ्यारोमा
मागभन्दा आधा मात्रै तेल वितरण, नाफा हुँदा पनि आयात गर्न नसकेपछि कार्यकारी निर्देशक अफठ्यारोमा

काठमाडौं । आयल निगमले उपत्यकामा माग भन्दा आधा कम मात्रै तेल विक्री गरेको छ । इन्डियन आयल कर्पोरेसन(आइओसी)ले कटौती गर्न थालेपछि माग भन्दा आधा कम तेल दिएको हो । निगमको थानकोट डिपोले विहिवार तीन लाख ८ हजार लिटर पेट्रोल र तीन लाख लिटर डिजेल वितरण गरेको छ जवकी अहिले उपत्यकामा पेट्रोलको माग ७ लाख र डिजेलको ८ लाख लिटर छ ।‘
हामीलाई पेट्रोलको सात लाख र डिजेलको आठ लाख लिटरको माग आएको थियो । तर हामीसँग प्रर्याप्त तेल मौज्दात नभएकोले कम दिएर पठायौ,’ डिपो प्रमुख विरेन्द्र गोइतले भने, ‘रक्सौलबाट कम तेल आएकोले समस्या भएको हो ।’ आइओसीले तिहार अघिदेखिनै तेल कटौती गर्न थालेको थियो । चार महिनाको अवधिमा आइओसीलाई डेढ अर्ब रुपैयाँ तिर्न बाँकी छ । यो रकम भुक्तानी नगरेकोले आइओसीले तेल कटौती गरेको हो । तर वाहिर भने रक्सौलमा रहेको दुईवटा डिपो मध्य एउटा डिपो मर्मत गरेकोले कम तेल आएको प्रचार गरिएको छ ।
भारतले कम तेल दिएपछि उपत्यकाका अधिकांश पम्प ‘ड्राई’ थिए । सेना, प्रहरी र साझाका पम्पमा उपभोक्ताको लाइन थियो । माग अनुसार तेल वितरण नहुनेवितिकै उपभोक्ताले अभाव हुने डरले मौज्दात राख्ने हुनाले माग बढ्दै जान्छ । सामान्य समयमा उपत्यकामा तीन लाख लिटर पेट्रोल र साढे तीन लाख लिटर डिजेलको माग हो । जाडो याममा लोडसेडिङ हुने भएकोले डिजेलको माग बढ्दै जान्छ ।
अक्षम निगम व्यवस्थापन
तेल आपूर्तिमा निगमको व्यवस्थापन पक्ष सधै अक्षम देखिन्छ । वार्षिक बीस अर्बको कारोबार दिने आइओसीलाई डेढ करोड कम हुनेवितिकै तेल कटौती गर्दा समेत निगमको व्यवस्थापन पक्ष नाजवाफ रहन्छ । उसले तेल किन्ने पक्ष(आइओसी)लाई कुनै दबाब दिन सक्दैन बरु उल्टै बिक्री गर्ने पक्षलाई धम्की दिएर तेल कम दिन्छ । यो सामान्य व्यापारिक सिद्धान्तलाई समेत आइओसीले लत्याएको छ ।
अझ आइओसीले उद्यारो रकम माथि ब्याजनै जोडेर लिन्छ ।‘वार्षिक रुपमा अर्बौको कारोबार गर्ने संस्थालाई विभिन्न वहानामा कटौती गरेर तर्साउने गरेको छ । तर निगमको व्यवस्थापन भने चुपचाप उसले गरेको गैरव्यवसायिक व्यवहार देखाउँदा पनि मौन भएर बस्छ,’ एक व्यवसायी भन्छन्, ‘मौन रहनुको कारण हो अभावको मौकामा निगमका कर्मचारीलाई कमाउने धन्दा हुन्छ ।
त्यसैले उपभोक्तालाई अभाव हुँदा पनि उनीहरुले कुनै प्रतिक्रिया देखाउँदैन ।’ ती व्यवसायीका अनुसार व्यवस्थापन पक्षले विभिन्न लाभलाई हेरेर अभाव चर्काउननै लागेको देखिन्छ । अभाव चर्काउनको लागि केही व्यवसायीले समेत सहयोग गर्छन् ।‘अभाव भएको मौकामा उपभोक्तालाई होइन ठूला परियोजनामा महँगोमा तेल बिक्री गर्न पाइने भएकोले केही व्यवसायीले अभावलाई चर्काउने गर्छन्,’ ती व्यवसायी भन्छन्, ‘अहिले पनि अभाव गराउनुको पछाडी त्यही कारण हो ।’ रक्सौलमा रहेको डिपो मर्मतको बारेमा एक वर्षअघिनै निगमलाई जानकारी गराइसकेको थियो । एक वर्ष अघि जानकारी गराएपछि निगमको व्यवस्थापनले तेलको वैकल्पिक रुटको प्रयोग थाल्नु पर्दथ्यो ।

Tata
GBIME
Nepal Life