BIZMANDU
www.bizmandu.com

पाटन फाइनान्सका पूर्व अध्यक्ष समेत रहेका ललितमण्डपका अध्यक्ष सुरज शाक्य कालोसूचीमा

२०६९ असोज २१

काठमाडौं । एक अर्ब बौद्धमार्गीमध्ये एक प्रतिशतलाई नेपाल ल्याउने महत्वाकांक्षा राख्ने ललितमण्डप टुर्स एण्ड ट्राभल्सका सञ्चालक सुरज शाक्य बैंकको ऋण तिर्न नसकेपछि कालोसूचीमा परेका छन् ।
तीन वर्ष अघि ठूलै ‘पब्लिसिटी’का साथ ललितमण्डपको ‘रिब्राण्डिङ्ग’ गरेका शाक्यसहित उनकी श्रीमती जेनी कर्मचार्य शाक्य पनि कालोसूचीमा परेकी हुन् । पाटन फाइनान्सका पूर्व अध्यक्ष रहेका शाक्यले त्यही फाइनान्सबाट ऋण पनि लिएका छन् । उनलाई पाटन फाइनान्सको सिफारिशमा कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।
यस अघि २०६८ चैतमा पनि शाक्यलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको थियो । शाक्य कालोसूचीमा परेपछि वेपत्ता छन् । ललितमण्डप टुर्स एण्ड ट्राभल्स सन् १९९५ मा तीन जनाको साझेदारीमा सुरु गरिएको थियो । १२ लाख रुपैयाँको लगानीमा स्थापना गरिएको ललितमण्डपको चुक्ता पुँजी एक करोड रुपैयाँ पुगेको छ । आक्रमक ढंगले बजार विस्तार सुरु गरेपछि कम्पनी समस्यामा परेको थियो ।
ललितमण्डपले नेपालीलाई थाइल्याण्ड, सिंगापुर, मलेसिया लगायतका देशमा घुमाउने योजना सुरु गरेको थियो । आक्रमक बजार विस्तारले कम्पनी समस्यामा परेको थियो, त्यसले शाक्यको व्यवसायिक जीवन नै संकटमा पार्यो स्रोतले भन्यो ।
उता डन गणेश लामाको ‘क’ वर्गको कन्ष्ट्रक्सन कम्पनी सिरुवा कन्ष्ट्रक्शन पनि कालोसूचीमा परेको छ । कम्पनीलाई सनराइज बैंकले लामाको सिरुवा कन्ष्ट्रक्शनलाई कालोसूचीमा राखेको हो । यस अघि लामाको मेलम्ची कोन क्रसर उद्योग पनि कालोसूचीमा परेको थियो । सम्पत्ती शुद्धिकरण विभागले लामाको सम्पत्ती छानविनका लागि फ्रिज गरेपछि उनले ऋणको साँवा व्याज भुक्तानी गर्न सकेका छैनन् ।

Tata
GBIME
Nepal Life


सिएनआईको आज विशेष साधरणसभा, नरेन्द्र बस्नेत अध्यक्ष बन्ने, चौधरी इमिरेट्स प्रेसिडेण्ट :: BIZMANDU
BIZMANDU
www.bizmandu.com

सिएनआईको आज विशेष साधरणसभा, नरेन्द्र बस्नेत अध्यक्ष बन्ने, चौधरी इमिरेट्स प्रेसिडेण्ट

२०६९ असोज २१

सिएनआईको आज विशेष साधरणसभा, नरेन्द्र बस्नेत अध्यक्ष बन्ने, चौधरी  इमिरेट्स प्रेसिडेण्ट
सिएनआईको आज विशेष साधरणसभा, नरेन्द्र बस्नेत अध्यक्ष बन्ने, चौधरी इमिरेट्स प्रेसिडेण्ट

काठमाडौं । १२ वर्षपछि विनोद चौधरीले नेपाल उद्योग परिसंघ(सिएनआई)को अध्यक्ष छाड्ने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघमा दोस्रो कार्यकालको अध्यक्षका लागि पद्म ज्योतीसँग पराजय भएपछि चौधरीले सिएनआई गठन गरेका थिए । १७ अप्रिल २००० मा सिएनआई गठन भए यता उनी लगातार अध्यक्ष छन् ।
परिसंघ स्थापना भएपछि लगातार अध्यक्ष रहेका चौधरीले आज अध्यक्ष पद छाडनेछन् । परिसंघको आज दिउँसो बस्न लागेको विशेष साधरणसभामा चौधरीले अध्यक्ष पद त्यागको घोषणा गर्दैछन् । उनी त्यसपछि सिएनआईमा ‘इमिरेट्स प्रेसिडेन्ट’का रुपमा रहने स्रोतले जानकारी दियो ।
विशेष साधरणसभामा प्रथम अध्यक्षलाई इमिरेट्स प्रेसिडेन्टको प्रस्ताव गर्दै सिएनआईको नियमावली संसोधन प्रस्ताव गरिएको छ । विशेष साधारणसभामा इमिरेट्स प्रेसिडेण्टको प्रस्तावलाई महत्वपूर्ण एजेण्डाको रुपमा राखिएको छ ।
संस्थामा लगातार एउटै अध्यक्ष रहँदा वाहिर छबि नराम्रो हुने देखेपछि चौधरीले अध्यक्ष पद त्याग्न लागेको स्रोतले बतायो । संस्थामा एउटै व्यक्ति लगातार अध्यक्ष हुँदा वाहिर राम्रो सन्देश गएन । त्यसैलाई ध्यानमा राखेर विनोदबाबुले अध्यक्ष पद छाड्न लाग्नुभएको हो,’ स्रोतले भन्यो, ‘यसले परिसंघलाई अझ बलियो बनाउँछ ।’
उनका अनुसार चौधरीलाई मानार्थ दिएर परिसंघको अध्यक्षमा पदाधिकारीमध्येबाट बरिष्ठलाई नियुक्त गरिने सम्भावना छ । स्रोतका अनुसार चौधरीकै प्रस्ताव अनुसार मानार्थ अध्यक्ष थपेर संस्थाको पुर्नसंरचना गर्न लागिएको हो । ‘उहाँकै प्रस्ताव अनुसार संस्थालाई पुर्नसंरचना गर्न लागिएको हो,’ ती पदाधिकारीले भने, ‘यसले संस्थालाई अझ फराकिलो बनाउनेछ ।’ परिसंघ स्थापना भएदेखि निर्वाचन प्रक्रियाबाट पदाधिकारी निर्वाचित भएको छैन । परिसंघ अध्यक्षका लागि नरेन्द्र बस्नेत छानिने सम्भावना पक्कापक्कि जस्तै छ ।

Tata
GBIME
Nepal Life