BIZMANDU
www.bizmandu.com

खाद्य संस्थानले दशैंका लागि जोगाड गर्यो तीन हजार खसी, सुपथ पसलमा उपभोक्ताको घुईंचो

२०६९ असोज १९

खाद्य संस्थानले दशैंका लागि जोगाड गर्यो तीन हजार खसी, सुपथ पसलमा उपभोक्ताको घुईंचो
खाद्य संस्थानले दशैंका लागि जोगाड गर्यो तीन हजार खसी, सुपथ पसलमा उपभोक्ताको घुईंचो


वसन्त खड्का/विजमाण्डू
काठमाडौं । नेपाल खाद्य संस्थानले दसैको लागि तीनहजार खसीबोका ल्याउने भएको छ । दसैको समयमा उपभोक्तालाई सहुलियतदरमा खसीबोका बिक्री गर्दै आएको संस्थानले यो वर्ष तीन हजार ल्याउन लागेको हो । यो वर्षपनि हामीले खसीबोका ल्याउँदैछौ, संस्थानका अध्यक्ष आनन्द चन्दले भने, मुलुकभित्रबाटै तीन हजार खसीबोका खरीद गर्दछौ । दसैको बेलामा खसीबोकाको मूल्य नियन्त्रणका लागि संस्थानले खसीबोका ल्याएर बिक्री गर्दै आएको छ ।
विगतको वर्षमा संस्थानले बिक्री गरेको खसीबोकामा विवाद आउने गरेको थियो । यस्तै चाडपर्वमा अत्यावश्वक वस्तु सहुलियत मूल्यमा  बिक्री गर्ने उदेश्यले सुरु भएको सुपथ मूल्य पसलमा उपभोक्ता आर्कषित भएका छन् । ती पसलहरुमा उपभोक्ताको भीड लाग्न थालेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ, नेसनल ट्रेडिङ र खाद्य संस्थानको समन्वयमा मंगलबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको थियो ।
उपत्यकाको कालिमाटी, टेकु थापाथली, रामशाहपथ, कोटेश्वर तथा ललितपुरको विशालबजार लगायतका स्थानमा सुपथ मुल्य पसलहरु सञ्चालनमा ल्याएको छ ।  
बजार मुल्यभन्दा सस्तो मुल्यमा  दैनिक उपभोग्य सामानहरु  बिक्रिवितरण भएकाले उपभोक्ताको सहभागीता उत्साहजनक रहेको खाद्य सस्थान बागमती अञ्चल प्रमुख दिपक लम्सालले बताए  । सुपथ मुल्य पसलबाट सस्तो मुल्यमा सामान पाएकोमा  उपभोक्ताहरु दङ देखिन्थे । नेसलन ट्रेडिङबाट सस्तो मुल्यमा समान किनिसकेपछि  खुसी व्यक्त गदै  भक्तपुरका विष्णुरत्न नापितले भने सरकारले बाह्रैमहिना यस्ता सुपथ पसलहरुको व्यवस्था गर्न सके हामीजस्तो उपभोक्तालाई राहत हुन्थ्यो ।
उपत्यकामा सञ्चालित सुपथ पसलहरुमा दैनिक उपभोग्य सामानहरु जस्तै दाल चामल, नुन, तेल चिनी आटा दुग्ध पदार्थ, मेसिनरी सामान, ग्यास, मदिरा लगायतका सामग्रीहरु बजार मुल्यभन्दा सस्तोमा पाइन्छ । यो सुपथ मुल्य पसल मंसिर ४ गते सम्म सञ्चालनमा आउनेछ ।  सस्थानले बुधवार सम्ममा उपत्यकाका थापाथली, रामशाहपथ र ललितपुरको विशालबजारमा रहेका सुपथ मुल्य पसलबाट दश लाख रुपैयाँ भन्दा बढीको चामल बिक्री गरिसकेको छ ।  
लम्सालले बुधवार सम्म उपत्यकामा मात्रै दुइसय क्विन्टल  भन्दा बढी चामल बिक्री गरिसकेको बिजमाण्डुलाई जानकारी दिए । सस्थानले उपत्यकामा सञ्चालित सुपथ पसलमा ६ किसिमका चामलहरुमा  किलोमा दुइ रुपैयाँ छुट दिएर बिक्री गरिरहेको छ । बासमति  ६५ रुपैयाँ, ४६ रुपैयाँ, सोना मन्सुली ३४ रुपैयाँ, जापानी चामल ४८ रुपैयाँ, अमेरिकी चामल ४६ रुपैयाँ तथा मकवानपुरे तीस रुपैयाँको दरले बिक्री भइरहेको छ ।

Tata
GBIME
NLIC


डलरको भाउ फेरी तल झर्यो, बाणिज्य बैंकले ८२.८० को भाउ तोके, अझै झर्ने अनुमान :: BIZMANDU
BIZMANDU
www.bizmandu.com

डलरको भाउ फेरी तल झर्यो, बाणिज्य बैंकले ८२.८० को भाउ तोके, अझै झर्ने अनुमान

२०६९ असोज १९

काठमाडौं । डलरको तुलनामा नेपाली मुद्रा शुक्रवार झन बलियो भएको छ । शुक्रवार डलर भारतीय रुपैयाँ ३३ पैसाले अधिमूल्यन भएपछि नेपाली मुद्रा पनि बलियो बनेको हो । भारु बलियो बनेपछि नेपालमा पनि एक डलर खरिद गर्न ८२ रुपैयाँ ८० पैसा खर्च गरे पुग्छ । डलरसँग नेपाली मुद्रा साढे छ महिना यताकै बलियो अवस्था हो ।
शुक्रवार राष्ट्र बैंकले डलरको भाउ ८३ रुपैयाँ नौ पैसा तोके पनि अधिकांश बाणिज्य बैंकले ८२ रुपैयाँ ८० पैसामा कारोवार गरे । सबैभन्दा धेरै डलर विक्री गर्ने इन्भेष्टमेन्ट बैंकले एक डलर खरिद गर्दा ८२ रुपैयाँ ८५ पैसा तोकेको छ भने नबिल, नेपाल एसबीआई लगायतका बैंकले ८२ रुपैयाँ ८० पैसा तोकेका छन् । डलरमा शुक्रवार देखिएको गिरावटसँगै बितेको तीन महिनामा डलर नौ रुपैयाँले सस्तो भएको छ । असार १० गते एक डलर खरिद गर्न राष्ट्र बैंकले ९१ रुपैयाँ ८८ पैसा खर्च गर्नुपर्ने गरी विनिमयदर तोकेको थियो ।
भारतमा शुक्रवारको सुरुवाती कारोवारमा डलरको तुलनामा भारतीय रुपैयाँ ३३ पैसाले बलियो बनेको थियो । विहिवार पनि भारतीय रुपैयाँ डलरसँग ४२ पैसाले बलियो बनेको थियो । विहिवार साँझ भारत सरकारले बीमामा ४९ प्रतिशत र पेन्सन फण्डमा २६ प्रतिशतसम्म विदेशी लगानी स्वीकृत गर्ने कानूनलाई संसदमा पठाउने प्रस्ताव पारित गरेपछि भारतीय मुद्रा बलियो बनेको हो ।
सरकारी निर्णय कार्यान्वयनमा आउने गरी कानून बने एक डलरसँगको भारु सटही दर छिट्टै ५० भन्दा तल जाने विज्ञहरुले दावी गरेका छन् । शुक्रवार सुरुवाती कारोवारमा डलरसँग भारुको सटही ५१ रुपैयाँ ४१ पैसामा भएको थियो । यो दरले डलरसँगको नेपाली मुद्राको सटही दर ८२ रुपैयाँ २५ पैसा हुन्छ । भारतमा भन्दा नेपालमा प्रति डलर ३० पैसा मार्जिन राखेर बाणिज्य बैंकहरुले डलरको विनिमयदर तोक्छन् । यो हिसावले शुक्रवासाँझ वा आइतवारको पहिलो कारोवारमा डलर ८२ रुपैयाँ ५०/५५ पैसाको हाराहारीमा कारोवार हुने पक्कापक्की छ ।

Tata
GBIME
NLIC