BIZMANDU
www.bizmandu.com

नेपाल बैंक अध्यक्षको योजना, केन्द्रिय कार्यालय सार्ने र न्युरोडको जमिन व्यवसायिक प्रयोजनमा

२०७३ भदौ १२

काठमाडौँ । नेपाल बैंकका अध्यक्ष जनार्दन आचार्यले न्युरोडको बहुमुल्य १४ रोपनी जमिन ओगटेर केन्द्रिय कार्यालय राखि राख्न आवश्यक नभएको बताएका छन्।

'भूगोलपार्कको अति मूल्यवान जग्गामा त्यत्रो क्षेत्रफल ओगटेर केन्द्रिय कार्यालय राखि रहन आवश्यक छैन' बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा आचार्यले भने 'उक्त जग्गालाई उत्पादनमुलक काममा लगाइयो भने त्यहाँबाट दिगो आय गर्न सकिन्छ।'

Tata
GBIME
Nepal Life

न्युरोडमा कर्पोरेट कार्यालय मात्र राखेर अरु जमिन व्यवसायीक प्रयोजनमा लगाउनु उपयुक्त हुन्छ।
गत बर्ष केहि गैर बैंकिङ सम्पत्ति बिक्री गरेपनि बैंकसँगै अझै ठुलो मात्रामा घर जग्गा लगायतका सम्पत्ति रहेको उनले बताए।

बैंकिङ र सम्पत्ति व्यवस्थापन दुई काम गर्न अप्ठ्यारो हुँदा अब बैंकले छुट्टै सम्पत्ति व्यवस्थापन कम्पनी खोल्नेबारे समेत सञ्चालक समितिमा छलफल सुरु भएको उनले बताए।

'बैंकको पुँजीकोष धनात्मक भएको र पुँजी पर्याप्तता अनुपात पनि पुगेको छ' उनले भने 'त्यसैले हामी अब हामी यस्ता नयाँ भेञ्चर सुरु गर्न सक्छौँ ।'
 
रणनीतिक साझेदारबारे छलफल जारी
नेपाल बैंकमा रणनीतिक साझेदार भित्र्याउने बारे पनि छलफल जारी रहेको उनले बताए।

सरकारसँग रहेको सेयर कुनै सक्षम वित्तिय संस्थालाई बिक्री गरि बैंकमा रणनीतिक साझेदार ल्याउन पहल भइ रहेको उनले जानकारी दिए।

अहिले बैंकमा सरकारको ६२ प्रतिशत भन्दा धेरै सेयर छ। त्यहि सेयर रणनीतिक साझेदारलाई बिक्री गरि भित्र्याउनु पर्ने उनको राय छ।