BIZMANDU
www.bizmandu.com

कामनाको नाफा दुई करोड २० लाख, लोटसको ४० लाख पुग्यो, ओमको नाफा दुई करोड ७५ लाख

२०६९ माघ ५

काठमाडौं । कास्कीको कामना विकास बैंकले नाफामा ४१ प्रतिशतले वृद्धि गरेको छ । बैंकले नोक्सानी व्यवस्थाको रकम डेढ गुणाले वढाए पनि डुवेको ऋण उठाएका कारण नाफामा वृद्धि गरेको हो । बैंकले पुसमा नाफा २ करोड २० लाख पुर्याएको हो । बैंकले निक्षेप र कर्जामा समेत वृद्धि गरेको छ । बैंकको निक्षेप ३९.७३ प्रतिशतले वढाएर १ अर्ब ८५ करोड पु¥याएको छ । बैंकले ऋण लगानी ५३.५९ प्रतिशतले वढाएको छ । बैंकको कुल ऋण १ अर्ब ५४ करोड पुगेको हो । २० करोड चुक्ता पुँजी रहेको बैंकले रियलस्टेट कर्जा भने घटाएको छ । बैंकले रियलस्टेट २७.२६ प्रतिशतले घटाएर १ करोड ९३ लाखमा झरेको छ ।
त्यसैगरी लोटस इन्भेष्टमेन्ट फाइनान्सले नाफा १८.५७ प्रतिशलते वढाएर ३९ लाख ८३ हजार पु¥याएको छ । चुक्ता पुँजी १२ करोड रुपैयाँ रहेको फाइनान्सले डुवेको ऋणमध्ये ४३ लाख ७७ हजार रुपैयाँ उठाएकाले आम्दानी वढेको हो । फाइनान्स कम्पनीले निक्षेपमा १८ प्रतिशतले वृद्धि गर्दै ३२ करोड ६६ लाख पु¥याएको छ । कर्जा लगानी साढे १६ प्रतिशतले वढाएर ३१ करोड ८१ लाख पुर्याएको छ । फाइनान्सले रियलस्टेट कर्जा १७७.५८ प्रतिशतले वढाएको । फाइनान्सको कुल रियलस्टेट कर्जा ३ करोड १६ लाख रुपैयाँ छ ।
त्यसैगरी ओम फाइनान्सको नाफा २४.८१ प्रतिशतले वढेर २ करोड ७५ लाख पुगेको छ । फाइनान्सले नोक्सानी व्यवस्था घटाउँदै व्याज आम्दानी वढाएपछि नाफामा वृद्धि भएको हो । फाइनान्सले नोक्सानी व्यवस्थाको रकम ३८.१३ प्रतिशतले घटाएर ७१ लाख ८३ हजारमा झारेको छ । फाइनन्सले पुसमा निक्षेप र कर्जा दुवै वृद्धि गरेको छ । निक्षेपमा ४४.६३ प्रतिशतले वृद्धि गर्दै ३ अर्ब ५१ करोड र कर्जा विस्तार ३८.४१ प्रतिशतले वढाएर २ अर्ब ९६ करोड पुर्याएको हो । फाइनान्सले यो अवधिमा रियलटेट कर्जा भने घटाएको छ । रियलस्टेट कर्जा ७.८९ प्रतिशतले घटाएर २८ करोड ५९ लाखमा झारेको हो ।

Tata
GBIME
Nepal Life