BIZMANDU
www.bizmandu.com

विश्वको ठूलो विमान ‘एयरल्याण्डर’ दुर्घटना, क्र्यासल्यान्डमा खम्वामा ठोकियो, मानवीय क्षति भएन

२०७३ भदौ १०

विश्वको ठूलो विमान ‘एयरल्याण्डर’ दुर्घटना, क्र्यासल्यान्डमा खम्वामा ठोकियो, मानवीय क्षति भएन
विश्वको ठूलो विमान ‘एयरल्याण्डर’ दुर्घटना, क्र्यासल्यान्डमा खम्वामा ठोकियो, मानवीय क्षति भएन

काठमाडौं। विश्वको ठूलो एयरक्र्याफ्ट 'एयरल्याण्डर १०' दोस्रोपटकको टेस्ट फ्लाइटमा क्र्यासल्यान्डिङ गर्ने क्रममा दुर्घटनामा परेको छ।

Tata
GBIME
Nepal Life

 
'दि फ्लाइङ बुम'का नामले चिनिने यो विमान कम्पनीले जनाए अनुसार दुर्घटनामा क्रु मेम्वरलागायत कोही घाइते भएका छैनन्। उडिरहेका बेला समस्या आएपछि इङ्ल्यान्डको क्र्याडिङटन विमानस्थलमा विमानलाई क्रसल्यान्डिङ प्रयास गरिएको थियो।
 

‘क्र्यासल्यान्डिङ गर्ने क्रममा एयरल्यान्डर क्षतिग्रस्त भएको छ’, विमान निर्माता हाइबर्ड एयर भेइकल्स (एचएभी) ले भनेको छ, ‘चालक दलका सबै सुरक्षित छन्। कोही घाइते भएका छैनन्।’ विमानको ककपिटमा क्षति पुगेको छ।

जहाजले टेलिग्राफको खम्बामा ठोक्किर दिँदा अग्रभागमा क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन्। यो जहाज सुरुमा अमेरिकाले मिटरिङ गर्ने उद्देश्यले निर्माण गरेको थियो।

 
यो विमानले दश टनसम्म तैल बोक्न सक्छ र निरन्तर रुपमा पाँचदिनसम्म हावामा बस्न सक्ने कम्पनीले जनाएको छ।

९२ मिटर लामो एयरलाइन्डर १० सो विमान हेलिकोप्टर र एयरसिप प्रविधिको मिश्रण हो। २०२१ सम्ममा वार्षिक १० वटा विमान उत्पादन गरी यसको व्यवसायिक बिक्री वितरण गर्ने कम्पनीको तयारी छ।

दि इन्डिपेन्डन्टवाट