BIZMANDU
www.bizmandu.com

दशै बोलाउँदै शिखर शु, हरेक जोर जेन्ट्स जुत्ता खरिदमा लेडिज स्यान्डल उपहार पक्का

२०७३ भदौ ७

दशै बोलाउँदै शिखर शु,  हरेक जोर जेन्ट्स जुत्ता खरिदमा लेडिज स्यान्डल उपहार पक्का
दशै बोलाउँदै शिखर शु, हरेक जोर जेन्ट्स जुत्ता खरिदमा लेडिज स्यान्डल उपहार पक्का

काठमाडौं । शिखर शुले यसपालिको दशै तिहारमा 'शिखर धमाका हरेक जेन्ट्स शु को खरिदमा आकर्षक लेडिज स्यान्डल उपहार पक्का' उपहार योजना घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

यसका लागि शिखर ब्राण्डका १५ सय वा सो भन्दा बढी मुल्यका जुत्ता खरिद गर्नु पर्ने कम्पनिको सर्त छ। यो उपहार योजनाबाट ग्राहकले तत्काल लाभ पाउने छन्। यसले शिखर शुको बिक्रिमा थप उत्साह थपिने कम्पनिको विश्वास छ।

२० वर्ष अघि स्थापित शिखर शुले उपभोक्तासँग नजिक रहिरहन आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेन्टी दिदै आएको छ।

शिखर शुले कन्भेयर मेसिन, पियू मेसिन र डिएमएस मेसिनको प्रयोग गरि करिब ६ सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ। यस उद्योगमा अहिले प्रत्यक्ष/अप्रत्यक्ष गरि चार हजार भन्दा बढी ब्यक्तिले रोजगारी पाएका छन्।