BIZMANDU
www.bizmandu.com

पुल्चोकको साझा पम्पमा पाँच लिटर पेट्रोलमा सय मिलिसम्म कम दिइयो, गुणस्तरले लगायो सिल

२०७३ भदौ ६

पुल्चोकको साझा पम्पमा पाँच लिटर पेट्रोलमा सय मिलिसम्म कम दिइयो, गुणस्तरले लगायो सिल
पुल्चोकको साझा पम्पमा पाँच लिटर पेट्रोलमा सय मिलिसम्म कम दिइयो, गुणस्तरले लगायो सिल


काठमाडौं । नापतोल तथा गुणस्तर विभागको नेतृत्वमा गएको अनुगमन टोलीले ललितपुरको पुल्चोकमा रहेको साझा पट्रोल पम्पमा सिल गरेको छ। अनुगमन टोलीले पाँच लिटरको भाँडोमा पहिलो पटक पेट्रोल थाप्दा ५० मिलि कम पाएको थियो। दोस्रो पटक ३० मिलि कम र तेस्रो पटकमा १०० मिलि कम पेट्रोल पाइएपछि पम्प सिल गर्ने निर्णय गरीएको हो।

Tata
GBIME
Nepal Life

सात जनाको नेतृत्व गर्दै गएका नाप तौल तथा गुणस्तर विभाग मध्यमाञ्चल कार्यलयका निर्देशक कमल ओझाको टिमले जावलाखेलमा रहेको महायाना पेट्रोल पम्पमा पनि सिल गरेको छ । महायान पेट्रोल पम्पको मेसिनमा नै गडबडी पाइएको छ ।

टोलीले आज चार वटा पेट्रोल पम्पको अनुगमन गरेकोमा दुई वटमा सिल गरेको हो ।