BIZMANDU
www.bizmandu.com

कम्पनी रजिस्टारको ‘अनलाइन’ सेवा, एक लाख आठ हजार कम्पनीको विवरण वेभसाइटमा

२०६९ माघ ४

काठमाडौँ । कम्पनी रजिस्टारको कार्यालयले माघदेखि अनलाइन सेवा सुरु गर्ने भएको छ । यो सेवा लागू भएपछि नयाँ कम्पनी स्थापना गर्न र कार्यालयमा दर्ता भएका एक लाख आठ हजार कम्पनीको विवरण हेर्न, अद्यावधिक गर्न सहज हुनेछ । कम्पनी ऐन २०६३, अनुसार दर्ता भएका सबै कम्पनीलाई अनलाइनमार्फत सेवा दिन कम्पनी रजिस्टारको कार्यालयले आवश्यक तयारी पूरा गरेको जानकारी दिएको छ । कार्यालयले कात्तिक २४ गतेबाट यसको परीक्षण गरिरहेको थियो ।
अनलाइनमार्फत सेवा सुचारु भएपछि दर्ता भएका कम्पनीको प्रबन्धपत्र, कम्पनीका सञ्चालकहरूका नामावली, पुँजी संरचना तथा ऐनसँग सम्बन्धित अधिकांश सेवा लिन सक्नेछन् । यसले कार्यालयमा सेवाग्राहीको अनावश्यक भीड कम गर्न सहज हुनेछ । कम्पनीको वेभसाइटबाटै सेवा पाउने भएपछि नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताका लागि सहज हुनेछ ।

Tata
GBIME
Nepal Life