BIZMANDU
www.bizmandu.com

बस्नेतलाई रिहा गर्न हाउजिङ व्यवसायीको आग्रह, उपभोक्ता र सरकारलाई छलफल गर्न सुझाव

२०६९ माघ ४

काठमाडौं । ठगीको आरोपमा हनुमान ढोका प्रहरीको हिरासतमा रहेका ब्यवसायी सुधिर बस्नेतलाई थुनेर समस्याको समाधान हुनै नसक्ने हाउजिङ ब्यवसायीहरुले बताएका छन् । बस्नेतआवद्ध ओरिएण्टल हाउजिङका कर्मचारी र नेपाल जग्गा तथा आवास विकास संघका पदाधिकारीहरुले बुधवार रिपोर्टर्स क्लब नेपालमा गरेको पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष इच्छाबहादुर वाग्लेले बस्नेतको समस्या ठूलो नभएको भन्दै उनलाई रिहा गरेर उपभोक्ता र सरकारसँगको छलफलबाट समस्याको समाधान गर्न सकिने दावी गरे ।
उनले सामान्य ब्यवस्थापकीय कमजोरीका कारणमात्रै समस्या आएको उल्लेख गर्दै यो समस्यालाई ठूलो बनाए यसले मुलुक, ब्यवसायी र उपभोक्ता सबैलाई नोक्सानी गर्ने चेतावनी दिए । बैंकले पहिला लगानी गरेर पछि हाउजिङमा लगानी रोकेको र क्रमैसँग आठ प्रतिसतको ब्याजदरलाई १६ प्रतिसतसम्म पुर्याएकोले केही समस्या उत्पन्न भएको जिकिर गर्दै राज्यको गलत नीतिको कारण आएको समस्यामा राज्य मुकदर्शक बन्न नहुने जिकिर गरे । संघका उपाध्यक्ष वाग्लेले बैंकले थप ऋण नदिदै बाहिर पुँजी परिचाल गर्नु पर्ने बाध्यताले सुधिर बस्नेतको समस्या आएको दावी गर्दै अरवौको कारोवार गर्नेलाई केही करोड रुपैयाँको काण्डमै थुन्नुले कसैलाई पनि राम्रो नगर्ने चेतावनी दिए । बाग्लेले एक ब्यवसायीलाई पक्रेर बैंकले लिलामी निकाल्दा बैकर्स सहित कसैको पनि हित हुनै नसक्ने भन्दै बस्नेत काण्डलाई ठगिको उपमा दिएर राज्यले समस्या उत्पन्न गरेको तर्क गरे । उनले सरकारले अहिलेनै यो समस्यालाई बुझेर समाधान नखोजे कालान्तरमा यसले सरकार र अर्थतन्त्रनै अफ्ठयारोमा पर्ने दावी गरे ।
सुधिर बस्नेतका पिता सुशिल बस्नेतले ब्यवसायमा केही तलमाथि हुँदैमा सुधिरलाई थुन्दा धेरैलाई नोक्सानी हुने भन्दै उसलाई बाहिर निकाले काम गर्न दिए सबैको पैसाको उचित ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरे । एयरलाईन्स एसोसीएट विनोद पुरीले नाफामा चलिरहेको एयरलाईन्सलाई चलाउन दिए अहिलेको समस्या अग्नी एयरले नै समाधान गर्न सक्ने दावी गर्दै बस्नेतलाई थुनेर बैंकलाई फाईदा नभएको दावी गरे । ब्यापारमा तलमाथि हुनु स्वभाविक भएको भन्दै थुनेर समस्याको समाधान कुनै पनि हालतमा निस्कन नसक्ने ठोकुवा गरे ।

Tata
GBIME
Nepal Life