BIZMANDU
www.bizmandu.com

भक्तपुर फाइनान्सले साढे सात करोडको सेयर जारी गर्ने, ओमको नाफा चार करोड

२०६९ माघ ३

काठमाडौं । भक्तपुर फाइनान्सले ७ करोड ५० लाखको साधारण सेयर निकाष्सन गर्ने भएको छ । कम्पनीको साधारणसभाले सेयर निष्कासनको निर्णय गरेको हो । कम्पनीका अध्यक्ष चैत्यराज शाक्यले सर्वसाधारणमा सेयर जारी गरेर जनताको मन जित्ने बताए । ओम फाइनान्सले पुस मसान्तसम्म ४ करोड ३० लाख सञ्चालन मुनाफा गरेको छ । सो अवधिमा कम्पनीले ३ अर्ब ५२ करोड निक्षेप संकलन गरी २ अर्ब ९७ करोड कर्जा लगानी गरेको कम्पनीका महाप्रवन्धक बुद्धि मल्लले जानकारी दिए । अघिल्लो वर्षको पुस मसान्तको तुलनामा निक्षेपमा ४५ र कर्जामा ३९ प्रतिशतले बढेको उनले दावी गरे ।

Tata
GBIME
Nepal Life