BIZMANDU
www.bizmandu.com

एनबी बैंक र सिजी फिन्कोवीच रेमिट्यान्स भुक्तानीमा सम्झौता, सिटिजन्सका तीन शाखा

२०६९ माघ ३

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले तीन वटा नयाँ शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबार बर्दियाको मैनापोखरी, भोलागौंडी र चितवनको मेघौलीमा शाखारहित सेवा सञ्चालनमा ल्याएको हो । यो सँगै बैंकको शाखारहित सेवा २१ पुगेको छ ।
नेपाल बंगलादेश बैंक र वेष्र्टन युनियनको नेपालस्थित एजेन्ट सीजी फिन्कोसँग रेमिट्यान्स भुक्तानीको लागि सम्झौंता भएको छ । सम्झौंतापछि बैंकले वेष्र्टन युनियनका सेवा प्रदान गर्नेछ । सम्झौतामा सीजी ग्रुपका महाप्रवन्धक आशिष शर्मा र बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरे ।

Tata
GBIME
Nepal Life