BIZMANDU
www.bizmandu.com

कुमारी बैंकको अध्यक्षमा नुरप्रताप जबरा फेरी नियुक्त

२०६९ माघ ३

काठमाडौं । कुमारी बैंकको अध्यक्षमा नुरप्रताप जबरा निर्वाचित भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । राणा यसअघि पनि बैंकको अध्यक्षको रुपमा काम गरिसकेका छन् । विगतमा सारडा ग्रुप र राणावीच तिक्तता रहेको थियो भने केही समय अघि राणालाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको थियो । तर सर्वोच्च अदालतले कालोसूचीमा राख्ने निर्णय वदनियतपूर्ण भन्दै अन्तरिम आदेश दिएपछि उनी अहिले कालोसूचीबाट बाहिर छन् । बैंकका अध्यक्ष मिनबहादुर गुरुङले राजिनामा दिएपछि कुमारीमा लामो समयदेखि अध्यक्ष पद खाली थियो ।

Tata
GBIME
Nepal Life