BIZMANDU
www.bizmandu.com

काठमाडौंमा भारतीय गहना स्टोरको पहिलो शोरुम, दरवारमार्गको क्यापिटोल मलमा आउटलेट

२०६९ माघ २

काठमाडौंमा भारतीय गहना स्टोरको पहिलो शोरुम, दरवारमार्गको क्यापिटोल मलमा आउटलेट
काठमाडौंमा भारतीय गहना स्टोरको पहिलो शोरुम, दरवारमार्गको क्यापिटोल मलमा आउटलेट

काठमाडौं । सुन र हिराका गहनाका लागि प्रख्यात गिताञ्जली समूहले काठमाडौंमा पनि आफ्नो आउटलेट खोलेको छ । सुन र हिराका गहनाका लागि गिताञ्जली मल्टि ब्राण्ड स्टोर हो । यो स्टोरमा भारतका ख्यातीप्राप्त कम्पनीहरु प्रनीता, संगिनी, आस्मी, नक्षत्र, निजाम, गिली, अश्री र डिडमासका गहनाहरु खरिद गर्न सकिन्छ । गहनाका लागि काठमाडौंमा खोलिएको मल्टिब्राण्ड शोरुममा गिताञ्जली पहिलो हो ।
कम्पनीले दरवारमार्गको क्यापिटोल मलमा यो शोरुम खोलेको मंगलवार जारी गरेको प्रेस विज्ञप्तिमा छ । कम्पनीले मध्ये डिसेम्वरमा गिताञ्जली शोरुम खोले पनि यसको औपचारिक उद्घाटन भने बल्ल गरिएको हो । नेपालमा उर्जा भेञ्चरले गिाञ्जली शोरुमको एक्लौटी अधिकार पाएको कम्पनीले जानकारी दिएको छ । शोरुममा एक्जोटिक र ग्लामरस हिराका गहना उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले छिट्टै २२ क्यारेट सुनका गहनाहरु पनि स्टोरमा उपलब्ध हुने जानकारी दिएको छ । यो शोरुम शनिवार पनि खुला रहने कम्पनीले जानकारी दिएको छ । यो शोरुमको छिट्टै भब्य उद्घाटन गरिने र कार्यक्रममा बलिउड कलाकार र नेपालका हस्तीहरु रहने बताइएको छ ।

Tata
GBIME
Nepal Life