BIZMANDU
www.bizmandu.com

महँगो कोठा भाडाले समस्यामा हुनुहुन्छ ? किर्तिपुरमा पाइन्छ ८ हजारमा सुविधा सम्पन्न फल्याट

२०७३ साउन २३

  • अमर बडुवाल/बिजमाण्डू

काठमाडौं । राजधानीमा कोठा महँगिएर कामकाजीलार्इ महिनाभरीको तलबले थेग्न कठिन छ । राजधानीका धेरै ठाउँमा एउटा कोठाकै चार हजार रुपैयाँ भन्दा बढी पर्न थालिसकेको छ ।

तर रत्नपार्कबाट ९ किलोमिटरको दूरीमा रहेको किर्तिपुरमा अहिलेपनि दुर्इ हजारमै कोठा पाइन्छ । अझै फल्याटनै ८ हजार रुपैयाँसम्म सजिलै पाइन्छ ।
किर्तिपूरमा अहिले औसत २५ सय रुपैया कोठा भाडामा पाइन्छ । सुविधा हेरेर केही घरवेटीले ३ हजारसम्म लिने गरेका छन् । कैलाली घर भइ किर्तिपूर बस्दै आएकी निशा बोगटी मासिक २ हजार भाडा तिरेर बस्दै आएको बतार्इन् ।

Tata
GBIME
Nepal Life

दाङ घर भइ हाल किर्तिपूरमै बस्दै आएका शेरबहादुर ओली अहिले पनि १५ सय पर्ने कोठामा बस्दै आएका छन् । उनले मासिक ३ सय भाडा तिरेर किर्तिपूर बस्न लागेको बताउँदै भूकम्पपछि घरभाडा बढेर १५ सय पुगेको बताए ।

 परिवारसहित बस्नेलाई फल्याट झनै सस्तो
कामकाजीलार्इ किर्तिपुरको भत्केपाटीमा फल्याट सस्तोमा दिने गरिएको छ । स्थानीय दुर्गा महर्जनका अनुसार कामकाजीलार्इ भत्केपाटीमा सुविधा सम्पन्न फल्याट सस्तो मूल्यमा दिने गरिएको बताए ।

उनले तीन कोठाको फल्याट साढे ६ हजार रुपैयाँमा पाइने जानकारी दिए । उनका अनुसार सुविधा हेरेर मूल्य ८ हजार रुपैयाँसम्म पर्छ । २४ सै घण्टा पानी आउने, अट्याच किचन र बाथरुम भएको फल्याट ८ हजारमै पाउने पनि महर्जनले बताए ।

 रुम रेन्टल सर्भिस
किर्तिपूरमा दुई वटा कोठा भाडा खोज्ने कम्पनी छन् । किर्तिपूर टुलेट एजेन्सी र जी एण्ड एस रुम प्रोभाइडरले सहजै कोठा खोजिदिन्छन् । ग्राहकले आफूलार्इ आवश्यक पर्ने कोठा र मूल्यसहितको फारम भरेर भरेपछि कोठा खोजेर दिने गरिएको जी एण्ड एस रुम प्रोभाइडरका संचालक ग्यालेन महर्जनले बताए । उनका अनुसार समान्य शुल्क लिएर कोठा खोजेर उपभोक्तालार्इ दिने गरिएको छ ।