BIZMANDU
www.bizmandu.com

सन्सारका खतरनाक ‘लेडि डन’ जोसँग अर्बौको सम्पति छ, अपराधको दुनियाबाट कमाए अर्बौं सम्पति

२०७३ साउन १३

सन्सारका खतरनाक ‘लेडि डन’ जोसँग अर्बौको सम्पति छ, अपराधको दुनियाबाट कमाए अर्बौं सम्पति
सन्सारका खतरनाक ‘लेडि डन’ जोसँग अर्बौको सम्पति छ, अपराधको दुनियाबाट कमाए अर्बौं सम्पति

काठमाडौं । ग्याङस्टार, डनजस्ता शब्द प्राय पुरुषहरुका लागि प्रयोग हुन्छ । तर अपराधको दुनियामा यस्ता खुङकार 'लेडि डन' हरु पनि छन्, जसको नाम सुन्दा समाज त्रसित हुने गरेको छ । यी लेडी डनहरु अपराधिक सञ्जालबाट अर्बौं रुपैयाँसमेत कमाएक छन् ।
 
न्युजवानडटकम, रिचेस्टडटकम र इनसाइड एडिसन डटकमले अर्बपति लेडि डनहरुका बारेमा भर्खरै रिपोर्टहरु प्रकाशित गरेका छन् ।
 
सेन्ड्रा अबिला बेलट्रेन, म्याक्सिको
सेन्ड्रासँग कुल १०० करोड अमेरिकी डलर बराबरको सम्पति छ । उनी मेक्सिकोमा चर्चित लागूऔषत कारोबारीकी रुपमा चिनिन्छिन् । यसवाहेक उनीमाथि गैरकानुनी हतियार ओसारपसार गर्ने आरोप पनि लागेको छ । उनले दुई पटक विहे गरिसकेकी छन् र दुबै पटक उनको पतिको हत्या भएको छ । उनको आफ्नो छोरोको अपहरण पनि भएको थियो । त्यसबाट छुटाउन उनले ५० लाख डलर अपहरणकारीलाई वुझाउनु परेको थियो । अहिले सेन्ड्रा विभिन्न आरोपहरुमा जेलमा छिन् ।
 
क्लाउडिया ओछाओ फेलिक्स, म्यक्सिको
क्लाउडियालाई संगठित अपराधको किम क्यादर्सनका रुपमा पनि चिनिन्छ । आकर्षक शरिर भएका कारण उनलाई टिभी एङकर क्यादर्सनसँग तुलना गरिएको हो । उनी अपराधिक सन्सारमा जस्तै ग्ल्यामरस छविका कारण पनि उत्तिकै चर्चित छिन् । उनलाई लस एम्ट्रेस ग्रुपको लिडर भनिन्छ, जुन मेक्सिकोको सबैभन्दा खतरनाक क्राइम ग्रुप हो । पैसा लिएर अपहरण र हत्याका साथै यो ग्रुपले हातहतियारको पनि कारोबार गर्छ । उनी तीन सन्तानकी आमा हुन् भने उनीसँग पनि एक अर्ब डलर बराबरको सम्पति छ ।
 
लिसेट ली, दक्षिण कोरिया
लिसेट दक्षिण कोरियाकी लागूऔषध कारोबारी हुन् । उनीसँग ५० लाख डलर बराबरको सम्पति रहेको छ । लामो समयसम्म अमेरिकाको क्यालिफोर्नियामा सक्रिय रहेकी उनको सम्बन्ध सन्सारका चर्चित अपराधिहरुसँग छ । उनलाई सन् २०१० मा लागूऔषधको कारोबार गरिरहेका बेला साढे तीन करोड डलर बराबरको सामग्रीसहित पक्राउ गरिएको थियो । उनी ६ बर्षका लागि जेल चलाउन भएकी थिइन् ।
 
ग्रिसेल्डा ब्लेको, कोलम्बिया
सबैभन्दा वढि सम्पति हुने ग्याङस्टारको सुचीमा उनी एक नम्बरमा आउँछिन् । ग्रिसेल्डलाई कोकिन क्विनका रुपमा पनि चिनिन्छ । उनीसँग १३०० करोड डलर बराबरको सम्पति थियो । उनको अपराधको केन्द्र भने साउथ अमेरिका हो । तर उनले विश्वका कैयौ देशमा आफ्नो धन्दा फैलाएकी थिइन् । उनको २०१२ मा ६८ बर्षको उमेरमा मृत्यु भइसकेको छ ।
 
अना ग्रिस्टना, अमेरिका
अना २०१२ मा चर्चित भइन्, जब उनलाई हाइक्लास सेक्स र्‍याकेट सञ्चालन गरेको आरोपमा पक्राउ गरियो । उनीसँग १०० करोड डलर बराबरको सम्पति छ । उनले आफ्नो र्‍याकेटमा प्लेबोइ र पेन्टाहाउसका मोडेलहरुलाई पनि प्रयोग गरेकी थिइन् ।
 
थेल्मा राइट, अमेरिका
थेल्मा लागूऔषधका सबैभन्दा ठूला कारोबारी ज्याकरकी श्रीमती हुन् । उनको मासिक कमाइ साढे दुई करोड डलर हुने गरेको बताइन्छ । सन् १९८६ मा ज्याकरको मृत्यु भएपछि सबै धन्दा थेल्माले हेर्न थालेकी हुन् ।
 
लियोना मिन्डी रोवट हेमस्ले, अमेरिका
उनीसँग ८०० करोड डलर बराबरको सम्पति छ । उनी चर्चित व्यवसायी थिइन् तर उनलाई कर छलीको आरोप लाग्यो । उनको रियलस्टेट व्यवसाय थियो । उनले अमेरिकामा २३ वटा होटलको चेनसमेत बनाएका थिए । उनी आपराधिक कृयाकलापमा पनि संलग्न भएको पाइएपछि १६ बर्ष जेल बसिन् । २००७ मा हृदयघातका कारण उनको मृत्यु भइसकेको छ ।

Tata
GBIME
Nepal Life