मनोज सत्याल/बिजमाण्डू
कानुन व्यवसायमा लाग्दा पनि स्वाभाविक रुपमा त्यो लिगेसी रहने भयो। र, जुन सरकार निरंकुश बन्न खोज्छ, त्यो बेला कानुनी शासन फस्टाउँदैन। त्यहाँ संवैधानिक सर्वोच्चताको व्यवस्था हुँदैन। संविधानविद्को सिद्धान्तले काम गर्दैन भन्ने महसुस हामीलाई हुन्छ। त्यस सन्दर्भमा हामी उत्रन्छौँ। मेरो भूमिका सदा सर्वदा विद्यार्थी हुदाँ विद्यार्थीको राजनीति गरेँ। म व्यवसायमा आएपछि व्यवसायिक संगठन र धर्म निर्वाह गरेको छु। त्योभन्दा परतिर गरेको छैन। जति पनि सल्लाह दिएको छु, व्यावसायिक नै दिएको छु। जति पनि काम गरेको छु, व्यावसायिक नै गरेको छु। चाहे त्यो प्रधानमन्त्रीलाई दिने काम होस्, या राष्ट्रपतिलाई। चाहे कुनै संस्थालाई कानुनी सल्लाह प्रदान गर्ने कुरा होस्। मेरो व्यवसायसँग सम्बन्धित भूमिका मैले निर्वाह गरेको छु। त्योभन्दा परतिरको राजनीति मैले गरेको छैन। त्यसैसँग सम्बन्धित भएर व्यावसायिक हकहितका लागि गर्नुपर्ने भूमिका निर्वाह गरेको हुँ।
मैले सेकेण्ड लयर अफ द कन्ट्री (बार अध्यक्ष) र फस्ट लयर अफ द कन्ट्री (महान्याधीवक्ता) हुने दुवै अवसर प्राप्त गरेँ। नोटरी पब्लिकको उपाध्यक्ष हुन्छ बार अध्यक्ष अनि महान्याधीवक्ता अध्यक्ष हुन्छ।
त्यो मेरो व्यावसायिक निष्ठाको र अलिकति व्यावसायिक दक्षताको लगनशीलताको उपज हो कि भन्ने लाग्छ।
हामीकहाँ भन्ने हो भने दुई महान्याधीवक्ता न्यायाधीश भइसक्नुभएको छ। डा. पवनकुमार ओझा र भरतबहादुर कार्की। उहाँहरु महान्याधिवक्ता भएर सर्वोच्च अदालतको न्यायाधीश भइसक्नुभएको छ। हाम्रोमा नौलो होइन यो अन्यन्त्र पनि होइन।
हामी उदाहरण लिँदा अमेरिका, बेलायत अनि भारतको लिन्छौँ। अर्थात् हामी कमन लबाट गाइडेड अथवा प्रभावित छौँ। त्यो भएको हुँदा कमन ल सिस्टममा कसरी हेरिन्छ त त्यसो भए?
अमेरिकामा १ सय २ न्यायाधीश नियुक्त हुँदा ८ जना सिनेटर रहछन् अनि ४ जना हाउस अफ रिप्रिजेन्टेटिभ भएका छन्।
बेलायतमा न्यायाधीश भए त्यसपछि मन्त्री हुन गए फेरि फर्केर आएर न्यायाधीश भएका छन्। महान्यायाधीवक्ताबाट जाने त धेरै छन्।
भारतका न्यायाधीश कृष्ण एय्यरको नाम धेरै नेपालका कानुन व्यवसायीले लिन्छन्। उनी भारतको सर्वोच्च अदालतको बिदाइको दिनमा त्यहाँको कानुन व्यवसायीहरुका अध्यक्ष र रिनाउन लयरको समूहले बिदाइको सन्दर्भमा लेखे– तपाँइ कानुन मन्त्री भएर न्यायाधीश हुन आउँदा हाम्रा बारका धेरै मित्रहरुले आशंका व्यक्त गरेका थिए र भनेका थिए अब यो नियुक्तिले न्यायपालिकाको स्वतन्त्रतामा कतै आँच त आउँदैन?
ती प्रश्न उठाउने साथीहरु आजको दिन तपाईंलाई बिदा गर्दैगर्दा न्यायपालिकाबाट तपाईंले सामाजिक-आर्थिक रुपमान्तरण गर्ने माध्यम संविधानलाई बनाउनुभयो कानुनलाई माध्यम बनाएर शान्तिपूर्ण रुपमा सामाजिक आर्थिक रुपान्तरणको भूमिका निर्वाह गर्नुभयो त्यसले सबैले तपाईंप्रति आदर र सम्मानले शिर झुकाउनुपर्ने अवस्था उत्पन्न भएको छ।
ती साथीहरुले पनि शिर झुकाएका छन्। तपाईं अन्तिम दिन बेञ्चमा बसेको बेला बारमा साथीहरुको दिन उज्यालो थियो तर सबैको आँखा रसाएका थिए।
जसले आफ्नो पेसामा बसेर निष्ठालाई कायम राख्छ त्यसको मर्यादा कायम राख्छ।
नेपाल बार एसोशिएशनमा म अध्यक्ष र महासचिव हुँदा गरेका केही भूमिका सन्दर्भ स्मरण गर्नुभयो भने, मैले त्यहाँ रहँदा पनि धर्म छाडेको छैन। महान्यायाधीवक्ता पदले जे जिम्मेवारी निर्धारण गरेको छ त्यसमा रहँदा पनि कुनै धर्म छाडेको छैन। म दावाका साथ भन्न सक्छु। कसैले ममाथि प्रश्न उठाउने र औँला ठड्याउने अवस्था पनि छैन।
हामी न्यायाधीशहरुको एउटै कुरा मात्र कुरा हुन्छ रे– अमेरिकाको एउटा न्यायाधीशले क्लर्कलाई सोधेछन्- म कोप्रति उत्तरदायी छु हँ? क्लर्क चुप लाग्यो। न्यायाधीशले मुसुक्क हाँसेर लाइब्रेरीको किताब हेर्दै उ: त्यो किताब हामीहरुको विषयमा लेखिएको छ नि, हो त्यो र हाम्रा संविधान र कानुनप्रति जवाफदेही हुन्छु। त्योबाहेक कसैप्रति म जवाफदेही हुनुपर्दैन भने।
त्यसैले, न्यायाधीशमा गइसकेपछि सबैभन्दा ठूलो धर्म भनेकै निष्पक्षता हो। कसैले गर्न सक्दिन भन्यो भने त्यो मान्छे जाने आँट नै गर्दैन। न्यायाधीशको चाहना के हुन्छ भने म निक्लँदा सबैले सर्वस्वीकार्य न्यायाधीशको रुपमा निर्विवाद न्यायाधीशको रुपमा हेरुन्। सबैको लोभ चाहना इच्छा हुन्छ।
न्यायाधीशका केही आचरण छन्, त्यसलाई बाँध्ने कुराहरु छन्। संस्था छन्, उनीहरुको भूमिका छन्। कुनै न्यायाधीश विचलनमा गए ठिक ठाउँमा ल्याउने माध्यमहरु छन्। सबैभन्दा ठूलो माध्यम बार नै हुन सक्छ। सबैभन्दा ठूलो माध्यम महान्याधीवक्ता हुन सक्छ। प्रेस हुन सक्छ।
त्यसपछाडिका लिगल मेकानिजम छ। न्यायपरिषद् छ। महाभियोग समिति छ- सर्वोच्चका न्यायाधीशको सन्दर्भमा हेर्दा। त्यहाँबाट पनि नियमम गर्न सकिन्छ।
फोटो : रोशन सापकोटा/रासस