BIZMANDU
www.bizmandu.com

हलिउड नजिकै बन्यो साढे आठ अर्ब लागतमा अमेरिकाकै भब्य हिन्दु मन्दिर (तस्वीर समाचार)

२०६९ पुष २६

हलिउड नजिकै बन्यो साढे आठ अर्ब लागतमा अमेरिकाकै भब्य हिन्दु मन्दिर (तस्वीर समाचार)
हलिउड नजिकै बन्यो साढे आठ अर्ब लागतमा अमेरिकाकै भब्य हिन्दु मन्दिर (तस्वीर समाचार)


लसएञ्जल्स । अमेरीकी शहर लसएञ्जल्स हलिउडका लागि प्रसिद्ध छ । विश्वकै ठुलो सिनेमा उद्योगका रुपमा चिनिने हलिउडको आफ्नै ख्याति र पहिचान पनि छ । तर, लसएञ्जल्सको ख्यातीलाई अघि बढाउँदै छ, एउटा हिन्दु मन्दिर । अमेरीकामा भएका हिन्दु मन्दिरमध्ये सबैभन्दा ठुलो यो मन्दिर बिएपिएस स्वामिनारायण संस्थाले बनाएको हो । यो हिन्दु मन्दिर हलिउडको छेउमा छ र अहिले धेरै पर्यटकको आकर्षणको केन्द्रबिन्दु पनि बनेको छ ।

Tata
GBIME
Nepal Life


विश्वै पहिलो भुकम्प प्रतिरोधक भनिएको यस मन्दिरको निर्माण लागत १० करोड अमेरिकी डलर(आठ अर्ब ५० करोड रुपैयाँ) छ । निर्माण संस्थाकाअनुसार यो मन्दिर एक हजार वर्ष सम्म टिक्न सक्छ ।


२० एकड क्षेत्रमा फैलिएको यस मन्दिरमा सोर्य उर्जा मार्फत विद्युत आपुर्ति हुने गर्छ ।


मन्दिर निर्माणमा आधुनीक एवं परम्परागत दुवै प्रविधि अपनाइएको छ । भब्य देखिने यस मन्दिमा आर्कषक बुट्टाहरु छन् ।


मन्दिरमा भएका टुँडालले यसको आर्कषण झनै बढाएको छ  । मन्दिर निर्माणमा ३५ हजार टुक्रा इटालिका मार्बल प्रयोग गरिएको छ । यी मार्बलमा भब्य आकृति कुँदिएका छन् ।


११२ वटा खम्बा भएको यस मन्दिरको उद्घाटन २३ डिसेम्बरमा भएको हो । मन्दिर परिसरमा कमलको पूल आकारको पोखरी, जिम्नेसियम, साँस्कृतिक केन्द्र र आवास गृह समेत छ ।

मन्दिर निर्माणमा ३५ हजार टुक्रा इटालिका मार्बल प्रयोग गरिएको छ । यी मार्बलमा भब्य आकृति कुँदिएका छन् ।
तस्वीर साभारः बिएपिएस स्वमीनारायण संस्था