BIZMANDU
www.bizmandu.com

नेपाल लाइफको प्रतिहजार ८० रुपैयाँ लाभांस, एशियन लाइफले सुरू गर्यो पेन्सन प्लान

२०६९ पुष २६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्प्नीले बोनस दर बढाएको छ ।  कम्पनीले बोनस दर प्रतिहजार प्रति वर्ष ८० सम्म घोषणा गरेको हो । जीवनको सुरक्षा र सम्वृद्धिको अभिलाषाबाट निर्देशित भएर बिमितहरुको ठूलो परिश्रमबाट सिर्जित स–सानो बचत परिचालन गरी उच्चतम प्रतिफल प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले अहिलेसम्म कुल बिमा शुल्क आम्दानी १ अर्ब ३९ करोड र कुल लगानी ११ अर्ब ९६ करोड गरेको छ ।
यसैवीच एसियन लाइफ इन्स्योरेन्सले ‘पेन्सन जीवन बिमा योजना’ ल्याएको छ । ‘सबैको हातमा पेन्सन’ भन्ने नारासहित कम्पनीले यो योजना ल्याएको हो । योजनामा योग्य किसान तथा श्रमिक, कर्मचारी, शिक्षक, चिकित्सक र इन्जिनियरलाई लक्षित गर्दै भबिष्यमा पेन्सन पाउने बीमालेख योजना ल्याएको हो । योजनाले बिमितहरुलाई सावधिक बिमा योजना र पेन्सन बिमा योजनाको माध्यमबाट आजको आम्दानीलाई सदुपयोग गरी बुढेसकालको लागि नियमित आय आर्जनको व्यवस्थापन गर्न सहयोग पु¥याउने कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life