BIZMANDU
www.bizmandu.com

कैलाश विकास बैंकलाई तेस्रो पटक पनि उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन प्राप्त, नाफा ४४ करोड

२०७३ साउन १०

कैलाश विकास बैंकलाई तेस्रो पटक पनि उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन प्राप्त, नाफा ४४ करोड
कैलाश विकास बैंकलाई तेस्रो पटक पनि उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन प्राप्त, नाफा ४४ करोड

काठमाडौं। कैलाश विकास बैंकलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्था (आइक्यान) ले उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन सम्मान-२०७२ प्रदान गरेको छ। यो समेत कैलाशले आइक्यानबाट यस्तो सम्मान तीन पटक पाइसकेको छ।
 
राष्ट्रियस्तरको विकास बैंकका रुपमा कारोबार गरिरहेको कैलाशले संस्थागत सुशासन, पारदर्शिता, जवाफदेहिता, दिगो बृद्धि, स्तरीय ग्राहक सेवा जस्ता विषयलाई प्राथमिकतामा राख्दै सेवा दिँदै आएको विज्ञप्तिमा उल्लेख छ।
 
एक अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकसँग सर्वसाधारणको १५ अर्ब ६ करोड बचत छ भने बै‌कले १३ अर्ब ५० करोड कर्जा लगानी गरिसकेको छ। बैंकले गत आर्थिक बर्ष ४४ करोड खुद नाफा गरेको छ।

Tata
GBIME
Nepal Life