BIZMANDU
www.bizmandu.com

तपाईले पाइरेसी गर्नुभएको छैन नि ! विश्वका सबैभन्दा ठूलो पाइरेसी नेटवर्कका संस्थापक हिरासतमा

२०७३ साउन ९

तपाईले पाइरेसी गर्नुभएको छैन नि !  विश्वका सबैभन्दा ठूलो पाइरेसी नेटवर्कका संस्थापक हिरासतमा
तपाईले पाइरेसी गर्नुभएको छैन नि ! विश्वका सबैभन्दा ठूलो पाइरेसी नेटवर्कका संस्थापक हिरासतमा

काठमाडौं। संसारको सवैभन्दा धेरै अवैधानिक सेयरिङ साइट किकयास टोरेन्टका संस्थापक रहेका युक्रेनका ३० बर्षिय नागरिक आर्टेम भउलिन पोल्याण्डा पक्राउ परेका छन्।
 
शिकागो स्थित अमेरिकी जिल्ला अदालतमा प्रतिलिपि अधिकार उल्लङ्घनको लागि जाल रचेको, कालो धन कमाएको, र प्रतिलिपि अधिकार उल्लंघनको दुई मामलामा भउलिन विरुद्ध मुद्दा दर्ता गरिएको छ।

Tata
GBIME
Nepal Life


किकयास टोरेन्स एक कमर्शिएल वेबसाइट हो। यसले कपीराइट भएका फिल्म, भिडियो गेम, टेलिभिजन प्रोग्राम, गित तथा अन्य डिजिटल सामग्री सन् २००८ देखि अवैधानिक तवर अनलाइन वितरण गर्दै आएको थियो।

अमेरिकी अधिकारीहरुले भउलिनले कपीराइट सामग्री अनलाइनमा निशुल्क उपलब्ध गराई एक बलियन भन्दा बढी कपीराइट सामग्री अनलाइन वितरण गरिसकेको आरोप लगाएका छन्। अधिकारिहरुको अनुसार किकयास टोरेन्ट साइट महिनामा ५ करोड भन्दा बढी भिजिट हुदै आएको जनाएको छ।

किकयास टोरेन्स एक कमर्शिएल वेबसाइट हो। यसले कपीराइट भएका फिल्म, भिडियो गेम, टेलिभिजन प्रोग्राम, गित तथा अन्य डिजिटल सामग्री सन् २००८ देखि अवैधानिक तवर अनलाइन वितरण गर्दै आएको अमेरिकी अदालतले दावी गरेको छ।

किकयास वेबसाइट प्रमुख पक्राउ परेपछि सिकागोको फेडेरल कोर्टले सो साईटको डोमेन जफत गर्न आदेश दिएको  जनाएको छ।

टाइम म्यागजिनबाट साभार