बहुराष्ट्रिय कम्पनीको विज्ञापन स्वदेशबाटै प्रशारण हुन थालेपछि विज्ञापनको बजार समेत विस्तार हुनेछ । अहिले सयौं विदेशी च्यानलले विना रोकतोक विदेशी विज्ञापन प्रशारण भइरहेका छन् । क्लिन फिड नीति दक्षिण एसियामा भारत,चीन, भुटान, पाकिस्तानले कार्यान्वयनमा ल्याइसकेको छ ।
के हो क्लिन फिड ?
क्लिन फिड भनेको बिना कुनै पनि रोकावट टेलिभिजनमा चाहेको च्यानल र कार्यक्रम हेर्न पाउनुपर्ने मान्यता हो। यो कार्यान्वयनमा आए कुनैपनि विदेशी च्यानलमा विज्ञापन प्रशारण हुँदैनन् ।
के भन्छन विज्ञ ?
'नेपाली विज्ञापन बजार थप विस्तार र कम्पनी तथा कलाकारको भ्यालु बढ्छ' अर्यालले भने 'यो नीति लागुभएपछि नेपालको विज्ञापन बजार दोब्वर हुन्छ'
विदेशी च्यानलहरुवाट आउने गरेका विज्ञापनहरुले विदेशी कलाकार, भाषा, परम्परा, संस्कृति, भेषभूषा लगायत विदेशी कुराहरुलाई मात्र प्रोत्साहन गरेको अर्यालको ठहर छ।
केबलको पैसा बढ्दैन
अनुप नेपाल,उपसचिव,सूचना तथा सञ्चार मन्त्रालय
यसको मनिटरिङ गर्नका लागि विचमा अर्कै संयन्त्र पनि आउन सक्छ। हामीले यसको प्रभावकारीता अध्ययन गरिसकेपछि निर्क्यौलमा पुग्छौं र तत्काल कुनै पनि अपरेटरले केवलको पैसा बढाउँदैनन्।
सरकारको राम्रो कदम
सन्तोष श्रेष्ठ, अध्यक्ष (आन)