BIZMANDU
www.bizmandu.com

मेगा बैंकको यही आर्थिक वर्ष भित्र सेयर जारी गरेर सूचीकृत गर्ने तयारी, ७० करोडको आइपिओ

२०६९ पुष २६

मेगा बैंकको यही आर्थिक वर्ष भित्र सेयर जारी गरेर सूचीकृत गर्ने तयारी, ७० करोडको आइपिओ
मेगा बैंकको यही आर्थिक वर्ष भित्र सेयर जारी गरेर सूचीकृत गर्ने तयारी, ७० करोडको आइपिओ

काठमाडौं । मेगा बैंकले सर्वसाधरणका जारी गर्न लागेको सेयर असार मसान्तसम्म स्टक एक्सचेञ्जमा सूचीकृत गर्ने घोषणा गरेको छ । बैंकको बुधवार जारी साधरणसभामा अध्यक्ष मदन दाहालले चालु आर्थिक वर्ष भित्र सेयर निष्काशन र स्टकमा सूचीकृत गर्ने लक्ष्य रहेको बताए । बैंकले दुई अर्ब ३३ करोडको चुक्ता पुँजीमध्ये सर्वसाधारणका लागि ३० प्रतिशत सेयर ६९ करोड ९० लाख रुपैयाँको छुट्टायाएको छ । साधरणसभाले अर्को बैंक तथा वित्तीय संस्था गाभिने प्रस्ताव आएमा वा विदेशी बैंक तथा वित्तीय संस्थासँग संयुक्त लगानी गरी बैंक संचालन गर्ने अवस्था आए सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाहले छोटो अवधिमै एउटा स्थापित र लोकप्रिय संस्थाको हैसियतमा आफुलाई उभ्याउन मेगा बैंक सफल भएको बताए । मेगाले शेयर निष्काशन गर्न नागरिक लगानी कोष, नबिल इन्भेष्टमेन्ट, एनएमबी क्यापिटल र एनआइबीएल क्यापिटल मार्केट्सलाई प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको शाहले जानकारी दिए । चालू आर्थिक बर्षको तेश्रो त्रैमासमा साधारण शेयर निष्काशन गर्ने बैंकको योजना छ, उनले भने २०६७ साल श्रावण ७ गतेदेखि बैंकिङ कारोबार प्रारम्भ गरेको मेगा बैंकले मुख्य कार्यालयसहित देशभरका २८ वटा शाखा, देशका पाँच सय स्थानमा आफ्नै रेमिट्यान्स प्रणाली “मेगा रेमिट” र १९ वटा ग्रामीण भेगमा अत्याधुनिक शाखारहित बैंकिङ सेवा विस्तार गरिसकेको छ ।
यसै आर्थिक बर्षको चैतभित्र २६ वटा शाखारहित सेवा थप गरी ४५ वटा ग्रामीण क्षेत्रमा शाखारहित सेवा विस्तार गर्ने बैंकको लक्ष्य छ । यसैगरी, मेगा माइक्रोमार्फत न्यून आय भएका वर्ग, मेगा एसएमई बैंकिङबाट साना-मझौला व्यवसाय, मेगा उपभोक्ता कर्जामार्फत उपभोक्तावर्ग तथा मेगा कर्पोरेटमार्फत ठूला उद्यमीलाई बैंकले सेवा प्रदान गरिरहेको छ । बैंकमा १२१९ जना संस्थापक सेयरधनी छन् । बैंकको आठ अर्ब चार करोड रुपैयाँ कर्जा लगानी छ भने नौ अर्ब १९ करोड रुपैयाँ निक्षेप छ । बैंकले अघिल्लो आर्थिक वर्षमा सात करोड १९ लाख खूद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकसँग ८४ हजार भन्दा बढी ग्राहक छन् ।

Tata
GBIME
Nepal Life