BIZMANDU
www.bizmandu.com

एस एजुकेसन भेन्चर्स अब एस एकेडेमी, शैक्षिक परामर्श, सिए र ल्याङ्गवेजका कक्षा हुने

२०७३ असार २९

काठमाडौं। एस इन्टिच्युट अफ मेनेज्मेन्ट र एस इन्टरनेशनल सञ्चालन गर्दै आएको एस एजुकेसन भेन्चर्स अब एस एकेडेमीको नाममा आफ्ना सम्पूर्ण शैक्षिक कामहरु गर्ने भएको छ। व्यव्थापन शंकायतर्फरका विभिन्न संथाहरु चलाएको यो कलेजले गत शुक्रवारदेखि एस एकेडेमि भएको हो।

Tata
GBIME
Nepal Life


 
एकेडेमिले उच्च शिक्षा हासिल गर्नका लागि देशभित्र र वाहिर अवस्थित विद्यार्थीहरुले रोजेको शिक्षण संस्थामा भर्ना पाउनका लागि सहभागिहरुलाई आवश्यक सहयोग गर्ने जनाएको छ।

 
त्यस्तै रोजगारी तथा वृत्ति बिकासका लागि आवश्यक पर्ने औपचारिक शिक्षा बाहेकका अन्य व्यावसायिक प्रमाणता हासिल गर्न पनि सहयोग गर्ने बताएको छ।
 
एकेडेमीले अहिले गर्दै आएको कामको दायरासमेत फराकिलो बनाएको छ। पहिले शिक्षणसंस्थामात्र चालएको संस्थाले अब टोफेल, जिआरइ लगायत पढ्नका लागि विदेश जाँदा आवश्यक भाषाका कक्षाहरु तथा एसिसिए तथा सिएका कक्षाहरु समेत सञ्चालन गर्ने जनाएको छ।

मुलुकको शैक्षिक क्षेत्रको विकासमा प्रतिवद्ध रहँदै शिक्षा क्षेत्रमा सेवा प्रदायकहरुको रुपमा लामो समय कामको अनुभव भएका कारण गुणस्तरिय एवं उपयोगि शैक्षिक सेवा प्रदान गर्न सक्षम रहेको एकेडेमिले जनाएको छ।