BIZMANDU
www.bizmandu.com

टोयटाको सेल्फ ड्राइभ कार इलेक्ट्रोनिक शोमा, खतरा पहिचान गर्ने सेन्सरको जडान

२०६९ पुष २३

टोयटाको सेल्फ ड्राइभ कार इलेक्ट्रोनिक शोमा, खतरा पहिचान गर्ने सेन्सरको जडान
टोयटाको सेल्फ ड्राइभ कार इलेक्ट्रोनिक शोमा, खतरा पहिचान गर्ने सेन्सरको जडान


टोकियो । जापानी कार कम्पनी टोयटाले सेल्फ ड्राईभ कारमा भएको सुरक्षा सुविधा प्रदर्शन गरेको छ । कम्पनीले कन्जुमर इलेक्ट्रोनिक्स शोमा सेल्फ ड्राइभ कारको प्रविधिलाई प्रदर्शन गरेको हो । कम्पनीले लेक्सस् कारमा भएका सुरक्षा सजगतालाई भिडीयो क्लिप मार्फत सार्वजनीक गरेको हो ।

टोयटाले अपनाएको प्रविधीमा अनबोर्ड राडार तथा सडकको अवस्था अुनगमन गर्न  विभिन्न भिडियो क्यामरा जडान गरिएको छ । टोयटाका प्रवक्ताका अनुसार कारले अन्य कारसँग सञ्चार गर्न समेत सक्नेछ । कारमा सडकमा हिंडिरहेका पैदलयात्री साथै अन्य वस्तु पहिचान गर्ने सेन्सर समेत जडान गरेको छ । यसैगरी कार ट्राफिक लाईट अनुसार आफैं गुड्न तथा रोकिन सक्छ ।  
कम्पनीले आफ्नो मुख्य उद्देश्य कार दुर्घटना कम गर्ने भएको बताएको छ । कम्पनीका अनुसार कारमा ड्राइभरको आवश्यकता पर्नेछ तर ड्राइभर निदाएको अवस्था वा उसले गम्भीरता  पहिचान गर्न नसके गाडी आफैं नियन्त्रीत हुनेछ । यसैगरी कारले ड्राइभरसँग सञ्चार समेत गर्न सक्ने कम्पनीको भनाई छ । कम्पनीका अनुसार सडकको अवस्था, गन्तव्य, मोड, नजिकैका रष्टुरेण्ट, ग्यास स्टेसन आदीको बारेमा ड्राइभरको स्मार्टफोनमा सूचनाहरु प्रदान गर्नेछ ।
ठुला कार उत्पादक कम्पनीवीच स्वचालित कार निर्माण गर्ने होड चलिरहेको बेलामा टोयटाले यस्तो प्रविधी सार्वजनीक गरेको हो । कम्पनीले आउँदो कन्जुमर इलेक्ट्रोनिक्स शोमा यो प्रविधिको औपचारिक प्रदर्शन गर्नेछ । प्रदर्शनीमा अर्को कार निर्माता औडीले आफैं पार्क हुने कारको प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।

Tata
GBIME
NLIC