BIZMANDU
www.bizmandu.com

सरकारले खोज्यो सबैभन्दा ठूलो कम्पनी टेलिकममा नयाँ प्रबन्ध निर्देशक, कसले दिन पाउँछन् आवेदन?

२०७३ असार २५

सरकारले खोज्यो  सबैभन्दा ठूलो कम्पनी टेलिकममा नयाँ प्रबन्ध निर्देशक, कसले दिन पाउँछन् आवेदन?
सरकारले खोज्यो सबैभन्दा ठूलो कम्पनी टेलिकममा नयाँ प्रबन्ध निर्देशक, कसले दिन पाउँछन् आवेदन?

काठमाडौं । नेपाल टेलिकममा नयाँ प्रबन्ध निर्देशक छनौंट प्रक्रिया सुरु भएको छ । हालका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यको कार्यकाल सकिन लागेपछि सूचना तथा सञ्चार मन्त्रालयले नयाँ प्रबन्ध निर्देशकको खोजी गरेको हो । 
 
सूचना तथा सञ्चार मन्त्रालयले बनाएको नाम छनौंट समितिले प्रबन्ध निर्देशकको खोजी सुरु गरेको हो । छनौंट समितिले शनिवार सूचना प्रकाशित गर्दै २१ दिनभित्र प्रस्ताव मागेको छ । टेलिकमको प्रबन्ध निर्देशकको कार्यकाल दुई वर्ष हुन्छ । 
बर्तमान प्रबन्ध निर्देशक आचार्य चार्टर्ड एकाउन्टेण्ट हुन् । इन्जिनियर समूह हावी हुने यो कम्पनीमा चार्टर्ड एकाउन्टेण्ट प्रबन्ध निर्देशक नियुक्त हुँदा विरोध गरिएको थियो । आचार्य भन्दा अघि अनुपरञ्जन भट्टराई ६ महिना मात्रै प्रबन्ध निर्देशक बनेका थिए । 
 
छनौट समितिले यसपटक बाणिज्य, विकास, व्यवस्थापन, अर्थशास्त्र, व्यपार प्रसासन, सूचना प्रविधि, कानुन वा इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका र अधिकृत स्तरको पदमा १५ वर्ष अनुभव हासिल गरेकोहरुले आवेदन दिन पाउने व्यवस्था गरेको छ । १५ वर्ष मध्ये पाँच वर्ष वरिष्ठ अधिकृत तहमा काम गरेको हुनुपर्छ । आवेदन दिने व्यक्ति ४० वर्ष देखि ५८ वर्षसम्मको हुनुपर्नेछ । 
 
आवेदकले १५ पेजसम्मको व्यवसायिक कार्ययोजना पनि बुझाउनु पर्नेछ । 
 
नेपाल टेलिकम सबैभन्दा धेरै नाफा कमाउने सरकारी स्वामित्वको कम्पनी हो । यो कम्पनीमा जम्मा सात प्रतिसत मात्रै सर्वसाधारणको लगानी छ । सरकारको सबैभन्दा ठूलो कम्पनी भएकै कारण प्रबन्ध निर्देशक पद निकै आकर्षक मानिन्छ । यो कम्पनीले गत वर्ष मात्रै १६ अर्ब रुपैयाँ नाफा कमाएको थियो । 
 

Tata
GBIME
Nepal Life