BIZMANDU
www.bizmandu.com

बिमा संस्थानको प्रशासकका लागि सर्टलिष्ट, अन्तवार्तापछि तीन जनाको नाम सिफारिश गर्ने

२०६९ पुष २३

काठमाडौं । संस्थान निर्देशन बोर्डले राष्ट्रिय बिमा संस्थानको प्रशासकका लागि पाँच जनालाई सर्टलिष्ट गरेको छ । बोर्डले दुर्गाराज रेग्मी, रमेश लम्साल, रामबहादुर खड्का, शालीकराम भुसाल र डा. शिवहरी श्रेष्ठको नाम चयन गरेको हो । पाँचै जनाको पुस २९ गते अन्र्तवार्ताको कार्यक्रम तय गरिएको छ ।
सर्टलिष्ट भएका पाँच जनाको अन्र्तवार्ता गरेपछि बोर्डले तीन जनाको नाम प्रशासकका लागि मन्त्रीपरिषद्मा सिफारिश गर्दछ । बोर्डले यसअघि नेपाल वायु सेवा निगम, कर्मचारी सञ्चय कोष, नेपाल टेलिभिजन, जनक शिक्षाको प्रमुखमा नियुक्ति गरिसकेको छ ।

Tata
GBIME
Nepal Life