BIZMANDU
www.bizmandu.com

क्रेडिट रेटिङले मेगा बैंकको सेयर आउन समय लाग्ने, सेन्चुरी बैंकको सेयरमा पनि ढिलाइ हुन

२०६९ पुष २३

काठमाडौं । यसै वर्ष साधारण सेयर निस्कासनको तयारी गरिरेको मेगा बैंक नेपालले नयाँ नियमका कारण आफ्नो योजना पछाडि सार्नु पर्ने भएको छ ।
धितोपत्र वोर्डले क्रेडिट रेटिङ एजेन्सी स्थपनाको स्वीकृति दिएपछि बैंकले आफ्नो रेटिङ गराएर मात्र सेयर जारी  गर्न स्वीकृति पाउने छ । क्रेडिट रेटिङ गर्ने इक्रा नेपालमा आफ्नो रेटिङ गराएपछि मेगाले सर्वसाधारणलाई सेयर जारि गर्नु पर्ने कारणले उसको योजना पछिसरेको हो ।
क्रेडिटि रेटिङलाई स्वीकृति दिनु पूर्व वोर्डमा आवेदन दिएका बैंक तथा वित्तीय संस्थाहरुले भने यो नियममा वाँधिनु पर्दैन । यो नियममका कारण अर्को वाणिज्य बैंक सेन्चुरी कमर्सियलको सेयर पनि जारी हुन समय लाग्ने छ ।
मेगा बैंकले अहिलेको चुक्ता पुँजी १ अर्ब ६३ करोडको ३० प्रतिशत साधारण सेयर निस्कासन गर्ने तयारी गरेको थियो । यसका लागि बैंकले निस्कासन तथा विक्री प्रबन्धक नियुक्त गर्दै धितोपत्र वोर्डमा आवेदन दिइसकेको छ । सेन्चुरीले भने ९२ करोड रुपैयाँ बराबरको सेयर निस्कासन गर्न लागेको छ । बैंकले विक्री प्रबन्धक भने नियुक्त गरिसकेको छैन ।

Tata
GBIME
Nepal Life