काठमाडौँ, जेठ ३१- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि तयार पारेको लिखित प्रस्ताव उपाध्यक्ष मोहन वैद्यले लिएर आफू निकटसँग छलफलमा बसेका छन्। दाहाल पक्षको बुधबार बसेको स्थायी समिति बैठकबाट पारित एकताको लिखित प्रस्ताव वैद्यले लिएर गएका छन्।