BIZMANDU
www.bizmandu.com

अब नेपाल प्रहरीको सबै तलब खाता राष्ट्रिय बाणिज्य बैंकमा, बैंक परिवर्तन गर्नुपर्ने झण्झट नहुने

२०७३ असार १६

अब नेपाल प्रहरीको सबै तलब खाता राष्ट्रिय बाणिज्य बैंकमा, बैंक परिवर्तन गर्नुपर्ने झण्झट नहुने
अब नेपाल प्रहरीको सबै तलब खाता राष्ट्रिय बाणिज्य बैंकमा, बैंक परिवर्तन गर्नुपर्ने झण्झट नहुने

काठमाडौं । नेपाल प्रहरीले आफ्ना सबै तहका प्रहरी तथा कर्मचारीको तलब खाता राष्ट्रिय बाणिज्य बैंकमा सञ्चालन गर्ने भएको छ । नेपाल प्रहरी र राष्ट्रिय बाणिज्य बैंक बीच तलब खाता सञ्चालन गर्ने सझदारीमा विहीबार हस्ताक्षर भएको हो । 
 
राष्ट्रिय बाणिज्य बैंकले ६७ वटा जिल्ला सदरमुकाममा शाखा सञ्चालन गर्दै आएको छ । प्रहरीले यी शाखामा तलब खाता सञ्चालन गर्ने छ । शाखा नपुगेका जिल्लामा भने अन्य बैंक तथा वित्तीय सस्था प्रयोग गर्ने समझदारी भएको छ । बाणिज्य बैंकले शाखा विस्तार गरेपछि ती जिल्लामा पनि यही बैंकबाट तलब खाता सञ्चालन हुनेछ । 
 

 
उक्त समझदारी पत्रमा नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्यालको उपस्थितिमा प्रहरी अतिरिक्त महानिरिक्षक रमेश शेखर बज्राचार्य र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे । 
 
बैंकिङ सेवामा एक रुपता कायम गर्ने र सरुवा बढुवा हुँदा बैंक खाता परिवर्तन गर्नुपर्ने अवस्था नरहोस भनेर प्रहरीले बाणिज्य बैंक रोजेको जानकारी दिइएको छ । एक जिल्लामा खाता खोलेपछि अर्को जिल्ला अथवा कार्यलयमा सरुवा हुँदा पनि त्यही खाता प्रयोग गर्न मिल्नेछ । यो खाताबाट बाणिज्य बैंकले उपलब्ध गराउने सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुनेछ । 
 
यो खातामा दुई लाख रुपैयाँसम्मको निक्षेप बीमा, एक लाख रुपैयाँ सम्मको दुर्घटना तथा मृत्यु बीमा, प्रहरी तथा प्रहरीका परिवारलाई नियमानुसार डलर सटही सुविधा तथा भिसा डेभिट कार्ड र ट्राभल कोटा जस्ता सुविधा उपलब्ध गराइने जानकारी पनि राष्ट्रिय बाणिज्य बैंकले दिएको छ । यस्तो खाता शुन्य मौज्दातमा सञ्चालन हुनेछ । 
 

Tata
GBIME
Nepal Life