BIZMANDU
www.bizmandu.com

इन्भेष्टमेन्ट बैंकको एफपिओ नेप्सेमा सुचिकृत, ९० लाख ६९ हजार ३८८ कित्ता अर्को साताबाट किनबेच

२०७३ असार १३

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले फागुन ११ गतेबाट निस्कासन गरेको एफपिओ सोमबार नेपाल स्टक एक्सचेन्जमा सुचिकृत गरेको छ । बैंकले १०० रुपैयाँ अंकित दरका सेयरमा ५०१ रुपैयाँ प्रिमियम जोड्दै सेयर जारी गरेको थियो ।
 
बैंकले ९० लाख ६९ हजार ३८८ कित्ता सेयर सुचिकृत गरेको हो । बैंकले १० कित्ता र १२ कित्ता सेयर माग्ने लगानीकर्तालाई गोला प्रथाबाट सेयर वितरण गरेको थियो ।
 
दश र २० कित्ता माग गर्नेलाई गोला प्रथाबाट १० कित्ता सेयर प्रदान गरेको थियो भने ३० देखि ८० कित्ता आवेदन गर्नेलाई ३२.५ प्रतिशतका दरले सेयर बाँडफाँड गरेको थियो । ९० देखि १८० सम्म आवेदन गर्नेलाई पनि १० कित्ता र १९० देखि दुई लाख कित्तासम्म आवेदन गर्नेलाई पनि ८.५ प्रतिशतका दरले मात्रै सेयर बाँडफाँड गरिएको थियो । 
 
५० हजार रुपैयाँ भन्दा कमको सेयर भर्ने लगानीकर्तालाई मागको ३२.५ प्रतिसत सेयर परेको छ भने ठूला लगानीकर्तालाई मागको ८.५ प्रतिसत सेयर परेको थियो ।

Tata
GBIME
Nepal Life