BIZMANDU
www.bizmandu.com

सुनको भाउ ५८ हजार सात सय रुपैयाँ पुग्यो, चाँदी भने स्थिर, अनिश्चिताले कारोबार सामान्य भएन

२०७३ असार १३

काठमाडौं । साताको दोस्रो दिन सुनको मुल्य बढेको छ । आइतबार पाँच सय रुपैयाँले घटेको सुन सोमबार भने तोलामा दुई सय रुपैयाँले बढेको छ ।
 
वेलायत युरोपेली संघबाट अलग हुने भएपछि एकै दिन सुन तोलामा ३००० रुपैयाँले बढेको थियो । मूल्य बढेकै कारण व्यवसायीले कारोबार नै बन्द गरेका थिए । आइतबार पाँच सय रुपैयाँ सस्तिएपनि कारोबार हुन सकेको थिएन ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको ५८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको भाउ तोलाको ५८ हजार पाँच सय रुपैयाँ पुगेको थियो।
 
सुनको भाउ बढेपनि चाँदीको भाउ भने स्थिर रहेको छ। महासंघका अनुसार सोमबार चाँदी तोलामा आठ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ।

Tata
GBIME
Nepal Life