BIZMANDU
www.bizmandu.com

काठमाडौंमा खानेपानी पाँच दिन विराएर आउने, स्रोत बढेपछि तालिका छोट्याइयो, माग ३७ करोड लिटर

२०७३ असार १३

काठमाडौं । वर्षातका कारण खानेपानीको स्रोत बढेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पाँच दिन बिराएर खानेपानी वितरण गर्न थालेको छ।  यसअघि खानेपानीको स्रोत सुकेको भन्दै नौ दिन बिराएर पानी वितरण हुन्थ्यो ।
 
खडेरीका कारण पानीको स्रोत सुक्न थालेपछि केयुकेएलले चैत १ गते नौ दिने तालिका सार्वजनिक गरेको थियो ।
 
पानीको स्रोत बढेपछि तालिका छोट्याइएको केयुकेएलका प्रवक्ता मिलन कुमार शाक्यले बताए । आकाशबाट पर्ने पानीले खानेपानीको मुहानमा पानीको मात्रा बढेको छ। यसले खानेपानी आपूर्तिमा सहज बनाउदै गएको उनले जानकारी दिए।
 
पानी पर्न थालेपछि दैनिक लोडसेडिङ पनि प्रभावित भएको छ। जसकारण ट्युबवेलबाट पानी तान्नका लागि पनि सहज भएको शाक्यले बताए।

Tata
GBIME
Nepal Life

सुख्खायामको समयमा केयुकेएलले दैनिक ५/६ करोड लिटरमात्र खानेपानीको वितरण गर्न सकेको थियो।  अहिले खानेपानीको दैनिक वितरण दस करोड लिटर पुगेको  शाक्यले जानकारी दिए। यद्दपी पानीको दैनिक माग भने ३७ करोड लिटर रहेको छ।