BIZMANDU
www.bizmandu.com

स्मार्ट टेलिकमले थप्यो काठमाडौंमा ५० वटा टावर, टुजी सेवालाई पनि थ्रीजीमा स्तरोन्नती गरिंदै

२०७३ असार १२

काठमाडौं। सेवा विस्तारका क्रममा स्मार्ट टेलिकमले काठमाडौं उपत्यकामा करिव ५० वटा टावर जडान गरिएको जानकारी दिएको छ। कम्पनीले यी टावरबाट परिक्षण भैरहेको समेत जानकारी दिएको छ।

हाल स्मार्टको सेवा विस्तार भएका ३४ जिल्लाका उपभोक्ता काठमाडौंमा आउँदा विस्तारित नेटवर्कबाट फाइदा लिन सक्ने कम्पनीका कर्पोरेट कम्युनिकेशनका प्रमुख पवन सिंह शाक्यले जानकारी दिए।

Tata
GBIME
Nepal Life

उनले योसँगै काठमाडौंमा ग्राहक आधार समेत विस्तार गरिने बताए। काठमाडौंमा उपभोक्ताको सेवाका लागि विभिन्न स्थानमा ग्राहक केन्द्र खोलिने शाक्यले बताए।

उनले अहिलेको टु जी नेटवर्कलाई थ्रीजी सेवामा विस्तार गर्न नियामक निकायसँग काम गरिरहेको समेत बताए। कम्पनीले पोखरा, नेपालगञ्ज, वीरगञ्ज र चितवनमा समेत नयां टावर थप्ने काम गिररहेको छ।

कम्पनीले देशभर सेवा विस्तारका लागि एकीकृत लाइसेन्स समेत प्राप्त गरिसकेको छ।