BIZMANDU
www.bizmandu.com

आइएमर्इ अटोमोटिभ्स आठौं वर्षमा, अशोक लेल्याण्ड, यूएम वाइकदेखि एस्कर्टस इक्विपमेन्टसम्म

२०७३ असार १०

आइएमर्इ अटोमोटिभ्स आठौं वर्षमा, अशोक लेल्याण्ड, यूएम वाइकदेखि एस्कर्टस इक्विपमेन्टसम्म
आइएमर्इ अटोमोटिभ्स आठौं वर्षमा, अशोक लेल्याण्ड, यूएम वाइकदेखि एस्कर्टस इक्विपमेन्टसम्म

काठमाडौं । आइएमई ग्रुपअन्तर्गतको आइएमई अटोमोटिभ्स् (आइएमईए)ले विविध कार्यक्रमसहित ८औं वार्षिकोत्सव मनाएको छ । आइएमर्इए अशोक लेल्याण्डको नेपालको आधिकारिक बिक्रेता हो ।

कम्पनी अशोक लेल्याण्डको नेपालको आधिकारिक बिक्रेता बनेपछि अशोक लेल्याण्डका गाडीको बिक्री उत्साहजनक भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले बताए । आइएमर्इए आएपछि साझाले अशोक लेल्याण्डका ३० वटा गाडी किन्ने सम्झौंता गरिसकेको छ । उनले आठ बर्षको अवधिमा नेपालको अटोमोबाइल क्षेत्रमा आइएमर्इले सफलता प्राप्त गरेको बताउँदै सफलताको श्रेय कर्मचारीको लगनशिलता भएको बताए ।

सन् २००९ मा स्थापना भएको आइएमईए एस्कर्ट्स् ग्रुप (भारत) अन्तर्गतको एस्कर्ट्स् ब्राण्डको कन्स्ट्रक्सन इक्विपमेन्टको आधिकारिक वितरक र  नेपालकालागि अमेरिकी बाइक कम्पनी यूएम इन्टरनेशनल एलएलसीको आधिकारिक वितरक हो ।

एस्कर्टस ब्राण्डका कन्स्ट्रक्सन इक्विपमेन्टलार्इ यहाँका निर्माण व्यवसायीले रुचाएका छन् । भूकम्पपछिको पुर्ननिर्माणका लागि यो ब्राण्डको इक्विपमेन्टको बिक्री राम्रो भएको कम्पनीको दाबी छ । युवापुस्तालार्इ लक्षित गरेर निर्माण भएको यूइम वाइकको समेत विस्तारै लोकप्रियता बढिरहेको कम्पनीको दाबी छ ।

Tata
GBIME
Nepal Life