BIZMANDU
www.bizmandu.com

चैत अन्तिममा आइसिटी मेला, एसएलसी दिएका विद्यार्थीलाई विशेष छुटको तयारी

२०६९ पुष १८

काठमाडौं । आइसिटी एसोसिएसन अफ नेपालले चैत २७ देखि ३१ सम्म सूचना तथा संचार प्रविधिको व्यावसायिक तथा जानकारी मूलक मेला आयोजना गर्ने भएको छ । यो मेला प्रदर्शनीमार्ग, भृकुटीमण्डप, काठमाडौंमा ५ दिनसम्म संचालन हुने छ र यस पटकको मेलाले एस.एल.सि.परिक्षा दिएर बसेका बिद्यार्थीलाई लक्षित गरि बिशेष छुटको ब्यवस्था गरेको छ ।
सूचना तथा संचार प्रविधिको क्षेत्रमा विकास भएका पछिल्ला संस्करणहरु, नविनतम् उपलब्धीहरु, तथा देश भित्र विकास भएका र लुकेर बसेका सूचना  प्रविधिसँग सम्बन्धित प्रविधिहरु बारे सर्वसाधारणलाई जानकारी गराउन मेला आयोजना गरिएको आयोजकले बताएका छन् ।
गत वर्षमा गरिने मेलाभन्दा यो वर्षको मेला अझ केही फरक ढंगबाट गरिन लागेको पनि जानकारी दिइयो । यस पटकको मेलामा सम्पूर्ण सूचना, जानकारी, स्टल बुकिंग, आगन्तुक, अवलोकनकर्ताको टिकेटिंग लगायत सम्पूर्ण विवरण www.ict.org.np मा राखिनेछ । नेपालमा उत्पादन गरिएका सफटवेयरलाई बजारमा प्रर्बद्दन गर्ने उद्देश्यले स्टलमा बुकिंगमा २० प्रतिशत छुटको ब्यवस्था मिलाएको प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
एक्स्पोमा पछिल्ला संस्करणका डेक्स्टप कम्प्युटर, ल्यापटप, सर्भर, टच प्याड, साउण्ड सिस्टम, नेटवर्किंक सिस्टम, सिसिटिभि तथा सेक्युरिटि सिस्टम,  एन्टिभाइरस, प्रिन्टर, टे्लीभिजन, फ्रिज, भ्याकुम क्लिनर, टेलिफोन तथा पिएबिएक्स सिस्टम, थ्रिडि तथा वायरलेस प्रोजेक्टर,  मोवाइल, एलसीडी तथा एलइडी मनिटर एवं टेलिभिजन, एयरसेलयुक्त ल्यापट व्याग, फोटो प्रिन्टिंग पेपर,  इन्टरनेट, सफ्टवयर लगायत पावर ईनर्जी, सुचना प्रविधिसंग सम्बन्धित सामग्रीहरुको प्रर्दशनी गरिनेछ । जसमा प्रारम्भिक रुपमा प्रमोटर तथा सपोटर राष्टिय तथा अन्तराष्टिय ब्राण्डहरुले यस मेलालाई सफल पार्न विशेष भूमिका निभाउने छन् ।
यसैगरी विदेशी कम्पनीहरुलाई प्रत्यक्ष रुपमा सहभागी गराउने ताइवान, चाइना, मलेसिया, कोरिया, भारत, दुवई, हंगकंग तथा अमेरिकाका देशका सम्बन्धित सहजकर्ता संघ संस्थासँग पनि पत्राचार भइरहेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ ।

Tata
GBIME
Nepal Life