BIZMANDU
www.bizmandu.com

एनसेलका व्यवसायिक योजना रोक्ने निर्देशनपछि फोरजीमा प्राधिकरणकै आलटाल, एनसेलको चर्को लबिङ

२०७३ असार ८

एनसेलका व्यवसायिक योजना रोक्ने निर्देशनपछि फोरजीमा प्राधिकरणकै आलटाल, एनसेलको चर्को लबिङ
एनसेलका व्यवसायिक योजना रोक्ने निर्देशनपछि फोरजीमा प्राधिकरणकै आलटाल, एनसेलको चर्को लबिङ

  • उमेश पौडेल/बिजमाण्डू

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले एक महिनाअघि नयाँ योजना सार्वजनिक गर्दै भनेका थिए, असारभित्रै फोरजी सेवा संचालनमा आउँछ ।

उनले आफैले घोषणा गरे अनुसार फोरजी सेवा संचालनमा ल्याउने नीतिगत तहका निर्णय गरेनन् । नीतिगत निर्णय नभएको बहानामा असारमा फोरजी नआउने निश्चित भएको छ ।  नीतिगत तहमा हुने निर्णय गर्न आफै चुके वा कर्पोरेट लबिङमा अध्यक्ष झा फसे । फोरजी सेवाका लागि दुर्इवटा ठूला प्लेयर सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलबीच प्रतिस्पर्धा गर्नुपर्थ्यो ।

Tata
GBIME
Nepal Life

 यी दुर्इमध्ये एनसेलले भुक्तान गर्नुपर्ने कर नतिरेसम्म कुनै व्यवसायिक योजना अघि बढ्न नदिन संसदको अर्थ समितिले उद्योग मन्त्रालय, सूचना तथा संचारमन्त्रालय र दूरसंचार प्राधिकरणलार्इ निर्देशन दिएको थियो ।यो निर्देशनका आधारमा फोरजीको प्रतिस्पर्धामा एनसेल सहभागी हुन पाउँदैन्थ्यो । प्राधिकरण स्रोतका अनुसार अर्थसमितिको यो निर्देशनपछि प्राधिकरणका अध्यक्षले फोरजी सेवा ल्याउन द्रुतगतिमा चालेको कदममा एकाएक ब्रेक लागेको थियो । असारभित्रै फोरजी सेवा संचालनमा ल्याउन प्राधिकरणका सरोकारवालाहरुलार्इ चलायमान बनाएका झाले नियमावली परिवर्तनमा ढिलासुस्ती गर्न थालेको स्रोतले बतायो ।
 
 दुरसञ्चार सेवा प्रदायकलाई टेक्नोलोजी न्युट्रल गरेर प्राधिकरणले फोरजी सेवा दिन लागेको थियो ।अहिले टुजी प्रविधिमा प्रयोग भइरहेको २६ सय र सातसय मेगाहर्ज व्याण्डमा फोरजी एलटिइको मूल्य तोक्ने काम अन्तिम तयारीमा पुगेको प्राधिकरण स्रोतले  जानकारी दिएको छ तर नीति परिमार्जनको टुङ्गोमा नपुग्दा फोरजी सेवा विस्तार अन्योलमा परेको छ ।
 
अहिलेकै स्थितिमा फोरजीको लाइसेन्स खुल्ला गर्यो भने एनसेलको करको विषय उठ्ने र उसले फोरजीको लाइसेन्स नपाउने बढेर गएपछि कर्पोरेट तहवाट लबिङ भएको स्रोतले बतायोप्राधिकरणले २६ सय र सात सय मेगाहर्ज फ्रिक्वेन्सी हाल दुरसञ्चार सेवा दिइरहेका अपरेटरका वाहेक लाइसेन्स नपाएका अपरेटरले पनि भाग लिन पाउने गरी ६ महिना पछि पाउने गरी बाँड्न लागेको थियो।

फ्रिक्वेन्सी पाउनका लागि सेवा सञ्चालन भएको ६ महिना भित्रमा लिलाम बढावढका आधारमा मूल्य तय गर्ने तयारी प्राधिकरणले लिएको थियो तर फोरजी सेवाका लागि मूल्य निर्धारणको काम अधि बढ्न नपाएपछि सवै काम रोकिएको हो।
 
नेपालमा नौसय मेगाहर्जलाई थ्रिजी वा थर्ड जेनेरेसनको टेक्नोलोजी र १८ सय मेगाहर्जको फ्रिक्वेन्सीमा टुजी अथवा सेकेन्ड जेनेरेसनको टेक्नोलोजीमा प्रयोग भइरहेको छ जुन हाल प्रयोग गरेको मोवाइलको नेटवर्कमा प्रयोग भएको छ ।