BIZMANDU
www.bizmandu.com

११ लिटर फ्युल ट्यान्क भएको बेलायति स्कुटर नेपालमा, महिनाको पाँचहजार तिरेर खरिद गर्न मिल्ने

२०७३ असार ५

११ लिटर फ्युल ट्यान्क भएको बेलायति स्कुटर नेपालमा, महिनाको पाँचहजार तिरेर खरिद गर्न मिल्ने
११ लिटर फ्युल ट्यान्क भएको बेलायति स्कुटर नेपालमा, महिनाको पाँचहजार तिरेर खरिद गर्न मिल्ने

काठमाडौं। एक बेलायती कम्पनीको स्कुटर नेपालमा भित्रिएको छ। 'स्कोम्याडी' नामको स्कुटर नेपाली बजारमा आएको हो। आभास इन्टरनेशनले नेपालका लागि आधिकारीक वितरकको रुपमा भित्र्याएको हो।

Tata
GBIME
Nepal Life

व्यवस्थापिका संसदका सदस्य लक्ष्मण राजवंशीले राजधानिमा भएको एक कार्यक्रममा उद्घाटन गरे। यो नेपालमा पाइने एकमात्र बेलायति कम्पनीको स्कुटर हो।

सातवटा विभिन्न रङमा उपलब्ध यो स्कुटर १२५ सिसिको रहेको छ भने यसको मुख्य विशेषता भनेको ११ लिटरको फ्युल ट्याङ्क रहेको छ।

कम्पनीले यो स्कुटर अरु प्रतिस्पर्धिहरु भन्दा फरक र ग्राहकहरुको मन जित्ने रहेको दाबी गरेको छ। राजधानीको महाराजगंजमा हेड अफिस रहेको कम्पनीले पोखरामा चाँडै शाखा विस्तार गर्ने जनाएको छ। कम्पनीले देशका अरु मुख्य सहरहरुमा सर्भिस सेन्टरसहित अरु शाखा विस्तार गर्ने पनि जनाएको छ।

ग्राहकले यो स्कुटर महिनावारी फाइनान्समा पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीले इएमआई बेसिसमा रहेर मिहनाको पाँचहजार इन्टलमेन्टमा खरिद गर्न सक्नेछन्।