BIZMANDU
www.bizmandu.com

अरिहन्त होलिडेजको अलनाइनबाट होटल र एयरलाइन्सको टिकट बुकिङ्ग

२०६९ पुष १७

काठमाडौं । अरिहन्त होलिडेज डटकमले कर्पोरेट ट्राभल अनलाइन बुकिङ सोलुसन्सको सुरुवात गरेको छ । अरिहन्तमार्फत ग्राहकले होटेल र एयरलाइन्सका टिकट अनलाइनमार्फत लिन सक्नेछन् । यसैगरी एसएमएस, इमेल अर्लटमार्फत होटेल र एयरलाइन्सको मूल्य दरको तुलना गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले अनलाइनबाटै टिकट लिन र रद्ध गर्नसक्ने सुविधा दिएको कम्पनीले जनाएको छ । कम्पनीले कर्पोरेट हाउसहरु, बैंक लगायतलाई लक्ष्य गर्दै सेवा सुरु गरेको जनाएको छ ।

Tata
GBIME