BIZMANDU
www.bizmandu.com

आईफोन फाईफ एस साउनमा आउने, एचडी डिस्प्ले, एनएफसी सुविधा र बढी व्याट्रि क्षमता हुने

२०६९ पुष १६

आईफोन फाईफ एस साउनमा आउने, एचडी डिस्प्ले, एनएफसी सुविधा र बढी व्याट्रि क्षमता हुने
आईफोन फाईफ एस साउनमा आउने, एचडी डिस्प्ले, एनएफसी सुविधा र बढी व्याट्रि क्षमता हुने


क्यालिफोर्निया । एप्पलले आउँदो साउनसम्म आईफोनको नयाँ भर्सन आईफोन फाईभ एस बजारमा ल्याउने तयारी गरेको छ । यस सम्बन्धमा कम्पनीले कुनै जानकारी सार्वजनिक नगरे पनि जानकारहरु आईफोनको नयाँ भर्सनमा एचडी क्वालीटीको डिस्प्ले हुने बताउँछन् ।

आईफोन फाईभ एस नामाकरण गरिएको यस भर्सनमा नियर फिल्ड कम्युनिकेसन सिस्टम (एनएफसी) सुविधा समेत हुने बताइएको छ । एनएफसी सुविधाबाट मोबाईल पेमेण्ट लगायत अन्य कार्य गर्न सकिन्छ । आईफोन फाईभमा एचचीभन्दा कम गुणस्तरको डिस्प्ले भएकोमा फाईभ एसमा १०८० पिक्सेलभन्दा माथिको रेटिनाप्लस डिस्प्ले हुनेछ । यसलाई सुपर एचडि भनिएको छ । यो प्रविधिले सानो पिक्सेललाई समेत ठुलो तर गुणस्तरीय रुपमा देखाउँछ ।
यसैगरी नयाँ आईफोनमा बढि क्षमता भएको ब्याट्रि हुनेछ । यस अघिका आई फोनमा अन्य प्रतिस्पर्धि स्मार्टफोनको तुलनामा छिट्टै सकिने व्याट्रि भएको गुनासो थियो । जानकारका अनुसार एप्पलले २०१३ को जुन वा जुलाई महिनामा फाईभ एस बजारमा ल्याउने तयारी गरिरहेको छ । यसकालागि कम्पनीले ५० हजार देखि एक लाख युनिट फोनहरुको अर्डर दिईसकेको छ भने प्रारम्भिक नमूना परिक्षणपश्चात २०१३ को पहिलो त्रैमासमा ठूलो अर्डर प्लेस गर्ने योजनामा कम्पनी छ । आईफोन फाईभ पाँचदेखि आठ रंग तथा १२८ जीबी स्टोरेज क्षमतामा आउने छ ।

Tata
GBIME
Nepal Life