BIZMANDU
www.bizmandu.com

संस्थागत लगानीकर्ता नहुँदा आतिने र मातिने भए

२०७३ जेठ २९

संस्थागत लगानीकर्ता नहुँदा आतिने र मातिने भए
संस्थागत लगानीकर्ता नहुँदा आतिने र मातिने भए


काठमाडौं । सेयर बजारले दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । नेप्सेमा दैनिक बनेको नयाँ रेकर्डले लगानीकर्ता ओइरिएका छन् । नेप्सेले विहिवार नयाँ रेकर्ड बनाए बनाएर १५ सय ६६ अंकमा पुगेको छ ।

तर यसरी शेयर बजार बढेकोमा नियामक निकाय भने चिन्तित छ । नेपाल धितोपत्र बोर्डले लगानीकर्तालार्इ सचेत गराउँदै सूचना समेत प्रकासित गरिसकेको छ । यही बारेमा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले शुक्रबार तालिम कार्यक्रममा दिएको मन्तब्य ।
 
हामीकहाँ संस्थागत लगानीकर्ता छैन । रिटेल लगानीकर्ता छन् । संस्थागत लगानीकर्ता नभएको र रिटेल लगानीकर्ता भएको ठाउँमा चाँडै आतिने र मात्तिने हुन्छ । यसले मार्केट अस्थिर बनाइरहन्छ । अर्को बजार किन बढ्यो भन्दा मार्केटको फन्डामेन्टल समेत हेर्नुपर्ने हुन्छ। लगानी गर्ने एभिन्युजहरु छैन । अहिले बैकिङ समूहको सेयर बजार निरन्तर उकालो लागेको छ । भूकम्प र नाकाबन्दीको बेलामा समेत बैंकहरुको नाफामा खासै असर गरेन र राम्रो ब्यालेन्सिट आयो तर राम्रो ब्यालेन्सिट कसरी आयो भनेर लगानीकर्ताले हेरेको छैन ।

Tata
GBIME
NLIC

बजार बढेका आधारमा लगानीकर्ता ओइरिएका छन्  । बैंकको ब्यालेन्सिट राम्रो आउनुमा राष्ट्र बैंकले दिएको लिभरेजले पनि काम गरेको छ । यो लिभरेज दिँदा समस्या केही समय पछि धकेलिएको मात्रै हो ।  यसको असर कुनै न कुनै बेला आउँछ होला । भोली त्यो वार्षिक प्रतिवेदनमा आउन पनि सक्छ । त्यसैले हामीले बजार माथि जाँदा सजक र सचेत हुनुस भनेर सूचना जारी गरेका हौ । अर्को अहिले बजारमा प्रर्याप्त तरलता छ । बजारमा पर्याप्त तरलता भएपछि लगानी खोज्नु स्वभाविक हो ।

 लिक्विडिटि बढी भएपछि लगानीकर्ताले सबैभन्दा पहिला खोज्ने भनेको स्टक मार्केटनै हो । यो कारणले समेत बजार माथि बढिरहेको छ । तर जसरी बजार माथि गइरहेको छ त्यसमा कुनै म्यानुपुलेटिङ हुनुभएन भन्ने हाम्रो चिन्ता हो । अर्को भनेको हामीले प्रविधीसँग शेयर कारोबारलार्इ जोड्ने प्रयास गर्यौ त्यसले पनि लगानीकर्तालार्इ आर्कषित गर्यो ।
 
फ्रड रोक्छौ
सेयर बजारमा हुने फ्रड रोक्न हामीले प्रभावकारी कदम चाल्दैछौ । अहिले हामीले फ्रड रोक्न अनुसन्धान अधिकृत मलार्इनै तोकेको छ । हामीले फ्रडको  मुद्धाको अनुसन्धान पनि गरिरहेको छ ।

फ्रडमा संलग्न भएकाहरुको बयान लिएर अदालतमा मुद्धा दायर गर्नेछौ । हामीले सुधारको प्रकियालार्इ अघि बढाएर बोर्डलार्इ बलियो नियमन निकायको रुपमा अघि बढाउन खोजेका छौ ।