BIZMANDU
www.bizmandu.com

ग्यालेक्सी नोट–२ अगस्टमा, आईफोन ५ लाई चुनौति, सुविधा थपिए मूल्य नबढने

२०६९ असार २९

ग्यालेक्सी नोट–२ अगस्टमा, आईफोन ५ लाई चुनौति, सुविधा थपिए मूल्य नबढने
ग्यालेक्सी नोट–२ अगस्टमा, आईफोन ५ लाई चुनौति, सुविधा थपिए मूल्य नबढने


सोल । सामसुङको प्रख्यात स्र्माटफोन लाईन ग्यालेक्सी नोटको दोस्रो भर्सन ग्यालेक्सी नोट–२ आगामी अगस्ट महिनामा बजारमा आउने भएको छ । संभवत अगस्ट अन्तिम साता बर्लिनमा आयोजना हुने आईएएफ समारोहमा ग्यालेक्सी नोट २ बजारमा आउने छ ।
फेबटेलको नामले चिनिएको यो ग्याजेट आम उपभोक्ताको हातमा भने अक्टोबरबाट मात्र आउने छ । नोट २ मा हालको भन्दा फरक विशेषता हुने कम्पनीको दावि छ । नोट २ को स्क्रिन बजारमा उपलब्ध ग्यालेक्सी नोटको ५.३ इन्च भन्दा ठुलो ५.५ इन्चको हुनेछ भने रिज्योलुसन पनि हाई हुनेछ ।
यस बाहेका नोट २ को डिस्प्ले टुटफुट नहुने किसिमको युबिपीमा आधारित हुनेछ
गुगलको लेटेस्ट अपरेटिङ्ग सिस्टम एण्ड्रोइड जेलिबिन ४.१ बाहेक नोट २ मा १२ देखि १३ मेगापिक्सलको क्यामेरा हुने अनुमान गरिएको छ । ग्यालेक्सि नोटमा ८ मेगापिक्सलको क्यामेरा छ । आर्कषक डिजाइन र पातलो अकारमा उपलब्ध हुने ग्यालेक्सी नोट २ मा एस–म्वाइस, स्मार्ट स्टे तथा एस–बीम लगायत अन्य धेरै सुविधाहरु थपिने छन् । आउँदो सेप्टेम्बर वा अक्टोबरमा बजारमा आउने अपेक्षा गरिएको एप्पलको आइफोनको नयाँ संस्करण आईफोन–५ संग प्रतिस्प्रधा गर्ने गरी सामसुङले ग्यालेक्सी नोट २ बजारमा ल्याउन लागेको हो । सुविधाहरु पर्याप्त मात्रामा थपिए पनि नोट २ को मूल्य हालको सामसुङ नोट कै आसपासमा हुने अपेक्षा गरिएको छ ।

Tata
GBIME
Nepal Life