BIZMANDU
www.bizmandu.com

यती डेभलपमेण्ट बैंकले अनमोल बचत खातामा ६ प्रतिसत व्याज दिने, खाता १५ सयमा खोल्न सक्ने

२०७३ जेठ ११

यती डेभलपमेण्ट बैंकले अनमोल बचत खातामा ६ प्रतिसत व्याज दिने, खाता १५ सयमा खोल्न सक्ने
यती डेभलपमेण्ट बैंकले अनमोल बचत खातामा ६ प्रतिसत व्याज दिने, खाता १५ सयमा खोल्न सक्ने

काठमाडौं । यती डेभलपमेण्ट बैंकले आकर्षक व्याज दिने गरि नयाँ बचत योजना सुरु गरेको छ । बैंकले बुधबार देखि लागु हुनेगरि यति अनमोल बचत योजना घोषणा गरेको छ । यो बचत योजनामा वार्षिक ६ प्रतिसतका दरले व्याज दिने जानकारी बैंकले दिएको छ।
 
यो निक्षेप योजना अन्तर्गत निक्षेपकर्ताहरुले बचत खातामै बार्षिक ६ प्रतिशत ब्याज पाउने छन्। न्यूनतम एक हजार पाँच सय रुपैयाँबाट खोल्न सकिने यो खातामा ग्राहकहरुले निशुल्क भिषा कार्ड, इन्टरनेट बैंकिङ्ग र एबिबिएस सुबिधा पनि पाउँछन् । 
यो खाता खोल्ने ग्राहकलाई उपलब्धताको आधारमा लकर सुविधामा पहिलो पटक बार्षिक शुल्कमा सतप्रतिशत छुट दिने जानकारी पनि बैंकले दिएको छ। 
 
देशभर २५ वटा शाखाहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बैंकले प्रधान कार्यालय दरवारमार्गबाट साँझ ७ बजे सम्ममको सन्ध्याकालीन काउन्टर र शनिबार तथा अन्य सार्वजनिक बिदाका दिनमा दिउँसो १२ बजे देखि २ बजे सम्म काउन्टर संचालन गर्दै आएको छ । 
 

Tata
GBIME
Nepal Life